Thursday, May 27, 2010

गजल

एक्लै बा“च्दा पिडा हुन्छ,साथ प्यारो लाग्छ
दिनभन्दा जुनेली त्यो,रात प्यारो लाग्छ

प्यारो लाग्थ्यो मायाप्रेम,तर कल्पनामै
नपाएसी गर्नु के नै,घात प्यारो लाग्छ

बोलाउंछन् आ“खाहरु,जहा“ देखेपनि
नसुनेझैं गर्ने तिम्रो,मात प्यारो लाग्छ

सम्झनामा हराउंदा बर्षिन्छन् आ “शुहरु
साथदिदैं रोएजस्तो,बर्षात्प्यारो लाग्छ

टाढाहु“दा सम्बन्ध यो अझ गाढा हुने
मोबाइलमै गर्ने मिठा,बात प्यारो लाग्छ

म यहीँ छु


नवराज सुब्बा
मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु । यही कोक्रामा आजभन्दा चारवर्षअघि मलाई मेरी आमाले यसरी नै हल्लाउनु भएको थियो । आमा आज यो दुनियाँमा हुनुहुन्न । राम्ररी रुन पनि नसक्ने शिशु अर्थात् मेरी सहोदर बहिनी ुकरुणाुलाई जन्म दिएर उहाँ भगवानकहाँ जानु भयो अरे । जहाँ जाँदा पनि मलाई सँगै लग्ने आमाले मलाई किन त्यहाँ लानु भएन रु यो शिशुलाई दूध चुसाउने बेलामा पनि छाडेर त्यहाँ किन जानु भयो रु यी सब् कुरा यो बालमस्तिष्कले बुझ्न सकेन ।
केही महिना अघि मेरी आमा मावल जाने बेलाका दुश्यहरू म सम्झन्छु । एक दिन विहानै मेरी आमा खाम्लालुङ पारी सेरजङ मावलबाट लिन आएका मानिस संगै एउटा पोको बोकेर जानुभयो । मलाई हातमा केही पैसा र बिस्कुट थमाएर जानुभो । ूम छिटै आउँछु राम्ररी बस् है सबल १ू भन्दै उहाँ माइती लाग्नु भयो । मैले कति खुशी मान्दै विस्कुट खाएँ र ती पैसा राख्न बजुलाई दिएँ । आमा मावल जाँदा मैले घरको बार्दलीबाट आमाले पिपोरीडाँडा काटुन्जेल सम्म हेरेको थिए । त्यहाँदेखि ओझेल परेकी आमा अब छिटै नै त्यही बाटो भएर आउनु हुनेछ भन्दै मैले हरेक दिनजसो त्यही बाटो कुरी रहें ।
स्कूल जाने बेलामा हरेक दिन मैले आमालाई खोजें । मलाई सर्टको टाँक राम्ररी लगाउन आएन । टाँक तलमाथि भएछ, सर्ट पनि नमिलाई लगाएँछु । पैण्टको बेल्ट पनि भेटिन । स्कूलमा मेरो पैण्ट बारम्बार तल झरिरहन्थ्यो र हातले तानिरहें । मलाई स्कूलमा साथीभाईले सारै जिस्काए अनि सरले, मिसले पटक पटक हकार्नु भयो । दिउँसो स्कूलमा मलाई भोक र न्र्रिा पनि लाग्थ्यो । आमाले दिने गरेका खाजा आमा गएदेखि मैले खान पाएको पनि छैन । पछि आमा आएपछि यी सबै कुरा बेलिविस्तार सुनाउँला भनेर सोचि राखेको थिए मनमा । मलाई गालि गर्ने बिन्द्रेलाई आमा आएपछि भनेर मलाई पिटेको बद्ला लिउँला, कुटाउँला भन्ने पनि लागेको थियो ।
ूतँ अब आमा बिनाको टुहुरो भइस् १ू मेरो मीठा आशा र भरोसालाई त्यो विन्द्रेले हिजो एक्कासी स्कूलको खेलमैदानमा सबैको अघि भत्काइ दियो । टुहुरो भनेको के होला रु कस्तो होला रु त्यसैबेलादेखि मलाई कता कता भित्रैदेखि डर मात्र लागेर आउँछ । आजकल बजुले पनि ुकठैवरीु भनेर बेलाबेला सुम्सुम्याउने गर्नु हुन्छ । म केही बुझिरहेको छैन । तैपनि आमा आउने बाटो रात नपरुन्जेल सम्म हेरिरहेछु ।
अस्ति बजुले छिमेकीसंग कुरा गरेको सुनें ूके गर्नु बुहारी सुत्केरी अवस्थामा रक्तश्राव भएर माइतीघरमा बितिछन् । काठमाडौंमा खबर पुगेपछि छोरा ससुराली पुगेर तल खोरुङ्गा खोलामा बुहारीको सदगत् गरी नानी चाहिँ यी लिएर आयो ।ू त्यसबेलादेखि नै मलाई कता कता चिसो लागेको थियो । मेरो बुबा काठमाडौमा हुनु हुन्छ, दशैंतिहारमा मात्र आउनु हुन्छ लुगाफाटा लिएर । तर अस्ति उहाँ अचानक सानो नानी च्यापेर आउनु भो । मैले ूआमा खोई रुू भनेर सोधें । उहाँ केही बोल्नु भएन । मलाई हेर्दै आशु पुछेको मात्र देखें । केही दिन घरमा बसेर बुबा पुनः काठमाडौं फर्कनु भयो । जानेबेलामा ूराम्ररी पढ्नुू मात्र भन्नुभयो । तर किन किन मलाई पढ्न मनै लाग्दैन केवल आमाको संझना मात्र आइरहन्छ ।
हिजोआज घरमा आउने प्राय सबैले मलाई ुकठैबरीु भन्थे तर एकजना मुख अलि छिटो चलाउने तल्लो घरकी काकीले ूसबल १ अब तँ नै यो नानीको आमा भइस् राम्ररी नानीलाई हेनु नि १ू भनेर गइन् । त्यसबेला मलाइ सारै ननिको लाग्यो । भित्र ओछ्यानमा गएर घोप्टो परेर धेरैबेर रोएँ । साँझपख बजुलाई सोधें ूबजु १ अब मेरी आमा मावलबाट साँच्चै आउनु हुन्न रुू बजुले हल्का रूपमा मलार््इ जवाफ दिनु भयो ( ूआउदैन, तेरी आमालाई तैले सारै दुख दिइस् अरे, त्यसैले भगवानको घरमा गयो तेरो आमाू । मैले तत्कालै पुनः गम्भीरतापूर्वक सोधें ( ूबजु १ भगवानको घर कता छ रुू उत्तरमा ूमाथि आकाशमा तारामा भगवानको घर छ, पछि जाउँलाू भनेर मलाई फकाउनु भयो बजुले । त्यसपछि म रातमा पनि उठेर आकासका तारा हेर्छु कतै आमालाइ देख्छु कि भन्दै । र मनमनै विन्ति गर्छु ( ूआमा १ आउनोस् अब म तपाइलाई कहिल्यै दुःख दिनेछैन, रुने छैन आमा ।।।।ू भन्दाभन्दै थाकेर निदाउँछु । हिजो सपनामा त आमासँग बसेर म कतिबेर रोएँ, आमाले मलाइ काखमा राखेर फकाउनु भयो कपाल मुसार्नु भयो । म सपनामै सधै बाँच्न पाए पनि हुन्थ्यो नि, त्यसबेला म नब्यूँझेको भए पनिहुन्थ्यो । खै त, विपनामा त आमा हुनुहुन्न रु यहाँ म एक्लै छु । संसारमा अब म एक्लो छु । अब मलाई कसले देख्छ कसले हेर्छ रु।।।
आमाको यो रिक्तताले रिङटा लागेर म पाइला पाइलामा ढल्न खोज्छु । कतै हिड्न पनि मन लाग्दैन, केवल टोलाएर हेरिरहेछु यो कोक्रेलाइ र हल्लाइरहेछु बेलाबेला । सिकुवामा खै कति बेला थाहै नपाइ पोखिएछ यति बिघ्न अँधेरो । अँधेरोले सायद म छेवैको कोक्राको नानी पनि राम्ररी नदेख्ने भएँ, मेरा आँखा तिर्मिराए आँशुले या अँधेरोले अर्थात् दुवैले हो कि १
कोक्राभित्रबाट छट्पटाउदै करुणा च्याँ च्याँ गरेर रुन्छे । म झस्कन्छु । म पो रोएँ कि करुणा रोइ वा एकसाथ रोयौ दुवै, एकपटक म आफै अल्मलिन्छु र चिमोट्छु आफैलाई । रिमरिम उज्यालोमा आँगनको छेऊबाट हजुरआमा हतारिएर कराउँदै आएको देख्छु (ूकोही छैन कि क्या हो यहाँ नानी हल्लाउने हँ रुू
भुइँमा टुक्रुक्क बसेको छु । यो अधेरोमा मलाई बजुले पनि साँच्चै देख्नु भएन कि १ बजुले अधेँरोमा मलाई नदेखेर कतै अन्जानमा कुल्चनु पो हुन्छ कि भनेर डराउँछु । र कोक्राको डोरीलाई हातले फेरि एकपटक जोडले तान्दै हत्तपत्त भन्छु ूबजु १ म यहीँ छु १ू

Friday, March 19, 2010

ह्वील चेयरमै सार्क राष्ट्र भ्रमण


‘नेपालको अस्तित्व र शान्तिका लागि गर्दैछु’
लक्ष्मण पोखरेल
बुटवल, चैत्र ६ । ‘दुई वटा ठूला नेपाली राष्ट्रिय झण्डा, त्यसस“गै बा“धिएको सहयोग दान पत्र अड्याउने ह्वील चियर र बसिरहेका दुवै खुट्टा नभएका यात्री ४५ वर्षीय तेजबहादुर कार्की । सामान्य ह्वील चियरको साथमा हिडेका कार्कीको लक्ष्य सुन्नेहरु प्रायः सबै दंग पर्छन् । शान्ति र नेपालको पहिचानलाई अन्य मुलुकमा फैलाउनका लागि ओखलढुंगा राम्चा—४ का कार्कीले अपत्यारिलो सार्क मुलुकको पैदल यात्रा गरिरहेका छन् ।हालै भएको दुर्घटनामा परी दुई वटै खुट्टा गुमाएका कार्कीले यस्तो साहसिक कदमले देख्ने सबैलाई अचम्म पारेको छ । कसरी गर्छन् अपाड्डले सार्कको पैदल यात्रा ? सबैको मनमा उठ्ने खुल्दुली मेटाउ“दै कार्कीले भने — ‘देशको पहिचान र शान्तिको लागि यात्रा शुरु गरेको छु, मनैदेखि भावना आएपछि सकिन्छ ।’आफ्नै श्रीमती र अन्य २ जनाको सहयोगमा गत जेठ ७ गते काठमाडौंबाट ‘सार्क शान्ति ह्वील चियर पैदल यात्रा’ शुरु गरेका कार्कीले बंगलादेशको यात्रा पूरा गरिसकेका छन् । ‘हतियारले लडेर होइन, कलम र बुद्धिले देशलाई समृद्ध बनाउन सकिन्छ’ उनले भने—‘ यसैले चेतना फैलाउन नेपाली झण्डा बोकेर यात्रामा हिडेको छु ।’ सवारी चालक पेसामा रहेका कार्कीले ८ वर्ष अघि दुवै खुट्टा गुमाएका हुन् । ‘कति दिन अपाड्ड बनेर टुनामा खुम्चिएर बस्ने, आखिर देशको नागरिक भएपछि देशका लागि केही त गर्नै प¥यो नि’ उनले भने ।नेपालको राष्ट्रिय झण्डा फेर्ने हल्ला प्रति उनले असहमति जनाउ“दै आफूले यही झण्डालाई बाहिरी मुलुकमा चिनाएर आउने बताए । नेपालमा राजनीतिक चिातानीका कारण अशान्ति बढीरहेको प्रति चिन्ता उनले व्यक्त गरे । असहाय, अपाड्ड, पीडितहरुलाई केही सहयोग गर्नका लागि यात्रामा भेटेजतिलाई आग्रह गर्ने उनको आकाक्षा छ । केही वर्ष अघि ह्वील चियरमै मेची— महाकाली पैदल यात्रा गरिसकेका कार्कीले ३ वर्ष ९ महिनाभित्र सार्क भ्रमण सक्ने लक्ष्य भएको बताउ“छन् । ‘३ वर्ष ९ महिनाभित्र सक्ने लक्ष्य राखेको छु’ उनी थप्छन्—‘ कमसेकम मेरो यात्राले केही भएपनि शान्ति आउनमा सहयोग पु¥याओस् ।’ देशको राजनीति विडम्वनायुक्त भएको भन्दै उनले समयमै संविधान बनाउनका लागि सबै दललाई आग्रह समेत गरे । ‘सबैको संविधान बने मात्रै शान्ति पाइएला’ उनले आशा राख्दै भने ।हाल काठमाडौंमा बस्दै आएका कार्कीकी श्रीमती सीता कार्की, हेमान सिंह राना, सोवि लामाले उनलाई सहयोग गर्दै आएका छन् । श्रीमान्को देशप्रतिको भावनालाई बढाउनकालागि स“गै हिडेकी छु’ ह्वीलचियर घचेट्दै कार्कीले भनिन्— ‘यात्रा नसिन्जेल सम्म स“गै रहनेछु ।’ दुई छोरा, एक छोरी र आमालाई घरमा छोडी सार्क यात्रामा निस्केका कार्कीले सार्कको यात्रा समापन पछि युरोपियन देशको भ्रमणमा निस्कने बताए । विभिन्न संघसंस्थाको आर्थिक सहयोगबाट आफ्नो यात्रा गरिरहेका उनले भने —‘ सार्क पछि युरोपियन देशहरुमा समेत देशको झण्डा लिएर शान्तिको भिख माग्दै हिन्ने लक्ष्य छ, हेरौं उमेर र स्वास्थ्यले कति साथ दिन्छ । शुक्रबार बुटवलमा रहेका कार्कीले यतैबाट भारतको चेन्यै हु“दै श्रीलंका, मालदिभ्स, पाकिस्तान र सार्क बाहिरको अफगानिस्तानको यात्रा गर्ने तय गरेका छन् ।

Tuesday, March 16, 2010

बुटवलमा तत्काल ‘खानेपानी बोर्ड’ आवश्यक

नगरपालिकालाई योजना अगाडि बढाउन आग्रह
लक्ष्मण पोखरेल
बुटवल, चैत्र ३ । बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ‘खानेपानी बोर्ड’ को तत्काल आवश्यकता रहेको बताइएको छ । नगरपालिकाले त्यसको लागि योजना अगाडि सार्नुपर्ने माग गरिएको छ ।बुटवलका संघसंस्था, उपभोक्ता, राजनैतिक दलहरूले खानेपानीको सहज आपूर्ति र व्यवस्थापनका लागि खानेपानी बोर्डको आवश्यक रहेको बताएका हुन् । नगरपालिकाभित्र रहेका पानीका स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि बोर्डको आवश्यकता रहेको छ ।खानेपानी संस्थानले हाल संकलन गर्ने महसुल स्थानीय स्तरमै खानेपानी व्यवस्थापनमा खर्च गर्ने अधिकार नहुने भएकाले त्यसको व्यवस्थापन गरी स्रोत वृद्धिका लागि बोर्डको आवश्यकता रहेको बताएको छ । बुटवल नगरपालिकाका लागि एडिभिले करोडौं बजेट छुट्याएको समयमा नगरपालिकाले खानेपानी बोर्ड गठन गरी खानेपानी व्यवस्थापन योजना ल्याउनुपर्ने आवाज राजनैतिक दल, संघसंस्था तथा उपभोक्ताले उठाएका छन् ।स्थानीय सरकार र उपभोक्ताको संयोजनमा हुने बोर्डले खानेपानीको व्यवस्थापनका लागि महसुल रकम खर्च गरी काम गर्न पाउने भएकोले बोर्डको तत्काल आवश्यकता रहेको नगरपालिकाका पूर्व मेयर भोजप्रसाद श्रेष्ठले बताए । ‘संस्थान नाफामा भए पनि आम्दानी रकम खर्च गर्न नसक्दा पानीको स्रोतमा वृद्धि हुन सकेको छैन,’ उनले भने—‘त्यसका लागि खानेपानी बोर्डको आवश्यक छ ।’ खानेपानी संस्थानलाई जिम्मेवारीबाट हटाउ“दै उपभोक्ता बोर्डमार्फत् खानेपानी व्यवस्थापन गर्न सहज हुने श्रेष्ठ बताउ“छन् । भौतिक योजना तथा निर्माण मन्त्रालयले उपभोक्ताले खानेपानी बोर्ड गठन गरेर सञ्चालन गर्न सक्ने अवधारणा लिएको छ । बुटवलको खानेपानी समस्या समाधानका लागि अन्य विकल्प नभएकाले नगरपालिकाले बोर्डका लागि योजना अगाडि बढाउनुपर्ने माग आएको हो ।रूपन्देही उद्योग संघका अध्यक्ष एजाज आलम पनि खानेपानी समस्या समाधानका लागि बोर्ड गठन गरी अगाडि बढ्नुपर्ने बताउ“छन् । ‘बुटवलका लागि खानेपानी समस्या ठूलो समस्या हो, त्यसैले समयमै स्रोतको वृद्धिका लागि पहल थालिनुपर्छ,’— उनले भने । शुल्क बढी तिरेर पनि स्वच्छ पानी नपाइरहेका बुटवलबासीका लागि खानेपानी बोर्ड नै खानेपानी जुटाउने मुख्य स्रोत हुने आलम बताउ“छन् । ‘बोर्ड नाफा कमाउने उद्देश्यले गठन हुने होइन, यसले त सहज रूपमा सरकारी शुल्कमै खानेपानी वितरण गर्ने हो’, उनले थपे — ‘यसका लागि नगरपालिकाले योजना अगाडि बढाउनुपर्छ ।’ बुटवल नगरपालिकाभित्र रहेको झण्डै ११ हजार ६ सय धाराहरूबाट संस्थानमा दैनिक १ लाख बढी महसुल संकलन हुने गर्दछ । वार्षिक लाखौं महसुल संकलन भए पनि बुटवलकै खानेपानी विकासका लागि भने रकम खर्च हुन नसकेको उपभोक्ताको भनाइ छ । खानेपानी संस्थानले राजश्व केन्द्रमै पठाउने गर्दै आएको छ ।बुटवलमै उठेको राजश्व बुटवलकै खानेपानी व्यवस्थापनका लागि खर्च गरिनुपर्ने उपभोक्ताहरूको माग छ । ‘यहा“ संकलन भएको रकम यहीको व्यवस्थापनमा खर्च हुन पाएको छैन, त्यसैले राजश्वबाटै खानेपानीको सहज आपूर्ति मिलाउनुपर्छ’ उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्ष नर्बु लामाले भने —‘त्यसैको लागि स्थानीय स्तरमै उपभोक्ता परिषद् वा खानेपानी बोर्ड गठन गर्नुपर्छ ।’खानेपानी संस्थानले कर्तव्य पूरा गर्न नसकेकाले जिम्मेवारी उपभोक्तामा नै आउनुपर्ने माग उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्रीको पनि रहेको छ । ‘आम्दानीको खर्च नगरपालिकाको जिम्मामा नआएसम्म खानेपानीको विकास हुन सक्दैन’ उनले थपे,— ‘समस्या समाधानका लागि उपभोक्ता बोर्ड अनिवार्य छ ।’यसअघि पनि बुटवलमा बोर्ड गठन गर्ने भन्ने बिषयमा कुरा उठे पनि नगरपालिकाको पहल कमजोर भएपछि त्यसै सेलाएको थियो । गर्मीयामस“गै खानेपानी समस्याबाट छटपटिने बुटवलबासीका लागि खानेपानी समयमै सहज उपलब्ध गराउनका लागि संस्थानले चुनौती भोग्दै आएको छ । विभिन्न मुहानबाट पानी संकलन गरिए पनि त्यसले थेग्न सकेको छैन् । आगामी २ वर्षभित्र झुम्सा खोलाको पानी बुटवल आउने अपेक्षा गरिएको छ । नगरपालिकाको राजनैतिक संयन्त्रमा समेत रहेका श्रेष्ठले थप पानी जुटाउनका लागि उपभोक्ताबाट संकलित पानी पनि एकीकृत गर्ने योजना नगरपालिकाले अगाडि सारेको जानकारी दिए ।खानेपानी समस्या समाधान गर्नका लागि हेटौडा, भरतपुर, लेखनाथ, ब्यासलगायतका नगरपालिकाहरूले खानेपानी बोर्डमार्फत् खानेपानी वितरण गर्र्दै आएका छन् ।

Thursday, March 4, 2010

पत्रकारको हत्या र औपचरिक आन्दोलन

लक्ष्मण पोखरेल
सञ्चारकर्मीको हत्या दिनानुदिन बढ्दै गएको छ । विभिन्न समुहले हत्यालाई बढाउ“देै गएका छन् । पछिल्लो समयमा महिना दिन भित्रैमा दुई जना सञ्चारकर्मीको हत्या भएको छ भने कैयौ सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की आएको छ ।राष्ट्रको चौथो अंग मानिएका पत्रकारहरु हत्याराहरुको प्रथम सूचीमा परेका छन् । कडा सुरक्ष्ाँ व्यवस्था मानिएका स्थानमै हत्या भइरहेका छन् । यो वा त्यो बाहानामा गरिने हत्याले देशभर आशान्तिको सन्त्रास छाएको छ । हत्यास“गै आन्दोलनका अँैपचारिक कार्यक्रमहरु सडकमा शुरु भएका छन् । सधै औपचारिकता मात्रै हुने ति आन्दोलनले अझै सम्म मूर्त रुपमा पाएका छैनन् । पत्रकारहरु विरेन्द्र शाह, जगत जोशी, उमा सिंह, प्रकाश ठकुरी, जमिम शाहको हत्या हु“दा पनि औपचारिक आन्दोलनहरु भरपुर मात्रामा भए । तर ति आन्दोलनले कुनै मूर्त रुप पाएनन् । सरकारमा बसेर आ“खा छोपेकाहरुले त हत्या भएको देखेकै छैनन् । तर पत्रकारहरुको हकाहितमा लड्ने संस्थाले समेत अँन्दोलनलाई औपचारिकता मात्रै दिएको छ । लेखेको र बोलेको भरमै ज्यान गुमाउनु पर्ने स्थितिमा पत्रकारहरु पुगेका छन् । कति खेर कहा“ के हुन्छ भन्ने कसैलाई पनि थाहा छैन् । लोकतन्त्र आएपछि पनि पत्रकारहरुले निरंकुशतन्त्र भोग्न परिरहेको छ । यसरी दिनानुदिन हत्या बढ्दै जानुमा मुख्य दोषी सरकारनै हो । औपचारिक कार्यक्रममा पुगि पत्रकार अगाडि उभिएर कडा सुरक्ष्ाँ व्यवस्था अपनाएका छौ भन्ने लचार मन्त्रीहरुले अपराधलाई प्रश्रय दिइरहेका छन् । जनताको पसिना खाएर बस्ने लाचार राज्य सञ्चालकलाई त भन्नु बेकार नै छ । तर पत्रकारको हकहितमा लड्ने सञ्चारकर्मीका संस्थाहरु किन लाचार बनिरहेका छन् ? कुर्चीका लागि भोट माग्ने सञ्चारसंस्थाका प्रमुखहरुले तिनै भोटदिने पत्रकारहरुको घाटी काटिदा के हेरेर बसेका छन् ? सडकमा एक—दुइ दिन औपचारिक आन्दोलन गरेर, काला व्यानर देखाएर मात्रै आफ्नो जिम्मेवारी निभाउने पत्रकार महासंघलाई मेरो प्रश्न छ —अब कति दिन सञ्चारकर्मीको रगत बगेको हेरेर बस्ने हो ? सरकारको विरुद्धमा उत्रिएर कडा आन्दोलन गर्न नसक्ने पत्रकार महासंघलले के गरेर पत्रकारको ज्यान बचाउ“दै छ ? यस्ता अनेक प्रश्नको उत्तर दिएर अघिल्लो कदम चाल्नु वेश होला । आफ्नो ज्यानलाई जोखिममा पारेर समाचार संकलन गरी ज्यान पाल्ने पत्रकारको रगत किन चुसिदै छ यो वा त्यो वाहानामा ।जमिमको सडकमा झरेको रगत सुक्न नपाउ“देै सिंघानियाको रगत पुनः पोखिएको छ । ६÷६ जना सञ्चारकर्मीको हत्या हु“दा समेत अपराधीलाई कारबाही गर्न नसक्ने लाचार सरकारप्रति अन्तिम आवाज पत्रकारहरुले उठाउनै पर्दछ । के पत्रकारहरुले आफ्नो सुरक्षाको लागि आन्दोलनमा होमिन सक्दैनन् । पक्कै पनि आउनेछन् अँन्दोलनमा तर यसमा नेतृत्व गर्न महासंघ अगाडि बढ्नुपर्छ । पटक पटकका अँन्दोलनलाई नहेर्ने लाचार सरकारको विरुद्धमा अन्तिम छडि पत्रकारले नउठाए अपराधीलाई कारबाही कुनै हालतमा हुने छैन । त्यसैले पनि कडा आन्दोलनको जरुरी छ । लोकतन्त्र प्राप्तिका लागि पत्रकारले आन्दोलन शुरु गरेर मात्रै सफलता मिलेको हो । के पत्ररकारको पक्ष्ँमा पत्रकारले अँन्दोलन गरे सफलता मिल्दैन ? पत्रकारले जे पनि गर्न सक्छन् भन्ने आवाज दिलाउन पनि जरुरी छ । दिनानुदिन मार्ने धम्की अँएका छन्, कुनै दिन यी धम्की सच्चीकै हत्यामै पुगे भने एकै पटक सयौ पत्रकारले ज्यान गुमाउन पर्नेछ । त्यसका लागि पनि सशक्त अँन्दोलन जरुरी छ । झण्डा, व्यानरस“गै सधै सडकमा जाने आन्दोलन अबको अवस्थामा सामान्य भएको छ ।पत्रकारको अँन्दोलनलाई शसक्त बनाउनका लागि अब कलमबाटै आन्दोलन थाल्नुपर्छ । जनतालाई कति नेताका चाप्लुसी कुरा सुनाउने । अबको आन्दोलन अपराधीलाई कारबाही नभएसम्म नेताका भाषण बाहिष्कारबाट शुरु गर्नु पर्छ । बल्ल यसले एउटा सार्थकता ल्याउन सक्छ । के राजनीतिक नेताका भाषण नलेखे तपाई हाम्रा मिडियामा शुन्यता छाउछ ? पक्केै पनि छाउ“दैन । अब कलमले मात्रै आन्दोलनको सार्थक रुप दिन सक्छ । त्यसकारण अब पत्रकार महासंघले केन्द्र्रैबाट यस्तै प्रकारका अन्दोलन शुरु गर्नु पर्दछ ।पत्रकारहरुका विभिन्न राजनीतिक संघ संगठनहरु पनि प्रशस्तै छन् तर खोइ पत्रकारको हितमा कडा आवाज उठाउन सकेको । सञ्चारकर्मीको हत्या हु“दा आफ्ना मर्म बुझ्न पत्रकारहरुले जरुरी छ ।राजनीतिक घेराबन्दीबाट बाहिर उठेर आप्mनो हकहितको संरक्षण गर्न समयमै लागि नपरे कुनै दिन आफ्नै हालतपनि त्यस्तै हुन सक्छ । राजनीतिक दलका नेताको भाषण कुरिरहनुपर्ने पत्रकारको कुनै दायित्व होइन । आफ्नो अधिकारको लागि दललाई सजक गराउनुपनि पर्छ तर उनैको पछाडि लाग्नु अधिकारलाई संकुचित गर्नु हो । राजनीतिक दलबाट अपराधीलाई कारबाही होला भनेर सोच्नु ‘आकाशको फल आ“खा तरी मर’ भने जस्तै हुन्छ । आफ्नो अधिकारका लागि आफै उठौ र बढ्दै गइरहेको हत्यालाई प्रश्रय होइन ,बन्द गरौ । शाह, सिंघानिया जस्ता सञ्चार उद्यमीको हत्या भइसक्यो अब पनि चुप लाग्नु पत्रकारको जीवन माथि खेलवाड गरेको प्रमाणित हुन्छ । त्यसैले पत्रकार महासंघले औपचारिक आन्दोलन होइन निर्णायक आन्दोलन शुरु गर्न अनिवार्य छ । कतिन्जेल कारबाहीको आशमा बस्न सकिन्छ अब आफै आजैबाट कारबाही शुरु गरौ । ६÷६ जना पत्रकारले त ज्यान गुमाइसकेका छन् । अब लेखेकै भरमा कुनै पत्रकारले ज्यान गुमाउन नपरोस् र जनताको पनि सु—सुचित हुन पाउने अधिकार सुनिश्चित होस् । प्रेसको रक्ष्ाँ गर्न राज्य उदासिनता बनेर लाचारीपन देखाएकै छ तर पत्रकारको साझा संगठनले त्यस्तो लाचारीपन अवश्य देखाउने छैन । पूर्ण विश्वास छ ।

Saturday, February 27, 2010

Happy होली


Happy होली राम्रोसंग मनाउ है । आफ्नो मजाका लागि अरुलाई घात नगरौ ।शुभकामना नया रंग थपोस तपाइको जीवनमा....................

आर्मीले चुम्यो भलिबल उपाधी



आर्मीले चुम्यो भलिबल उपाधी
लक्ष्मण पोखरेल
बुटवल, फागुन १५ । बुटवलमा सञ्चालित वेष्टर्न कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । हजारौं दर्शकहरुको माझमा शनिबार भएको खेलमा नेपाल प्रहरीलाई हराउ“दै आर्मीले उपाधि हात पारेको हो ।लामो समयदेखि प्रहरीले कब्जा जमाउ“दै आएको भलिबल खेल बुटवलको खेलस“गै आर्मीको हातमा पुगेको छ । उत्कृष्ट टिम मानिएको प्रहरीले फाइनल खेलमा खराब प्रदर्शन गरेको थियो । फाइनल खेलमा आर्मीले प्रहरीलाई ३—० को सोझो सेटले हराएको छ । प्रहरीलाई १७—२५, १४—२५ र २२—२५ को अन्तरले आर्मीले हराएको थियो । प्रहरीले खेल अवधिभर एक पटक मात्र अग्रता कायम गर्न सफल भयो । जित स“गै आर्मीले वेष्टर्न कप सहित ५० हजार हात पारेको छ । त्यस्तै प्रहरीले दोस्रो पुरस्कार ३० हजार पाएको छ । त्यसअघि भएको तेस्रो स्थानको खेलमा पश्चिमाञ्चल विकास क्षेत्र विजयी भएको छ । सशस्त्र प्रहरीलाई ३—० को सोझो सेटले हराउ“दै पश्चिमाञ्चल विजयी बनेको हो । पश्चिमाञ्चलले सशस्त्रका विरुद्धमा अन्तरको सेट तयार पारेको थियो । तेस्रो स्थानस“गै पश्चिमाञ्चलले २० हजार रुपैया“ हात पारेको छ । नेपाल आर्मी र नेपाल प्रहरीबाट पराजित भई सशस्त्र र पश्चिमाञ्चल तेस्रो स्थानका लागि भिडेका थिए ।विजयी टिम नेपाल आर्मीले पहिलो खेलमा सशस्त्र प्रहरी, सुदूर पश्चिमाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चललाई पछि पार्दै फाइनलका लागि मैदानमा पुगेको थियो । त्यस्तै प्रहरीले मध्यपश्चिमाञ्चल, पूर्वाञ्चल, पश्चिमाञ्चल र सशस्त्र प्रहरीलाई हराउ“दै फाइनलमा प्रवेश पाएको थियो ।शनिबारको फाइनल खेलमा नेपाल आर्मीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दर्शकहरुको उत्कृष्ट समर्थन स“गै सेनाका दिपक खड्काले कसिलो प्रहार शनिबारको खेलमा गरेका थिए । सेनाकै कुमार रानाको उत्कृष्ट खेलले सेनालाई विजयी बनाउन सफल बनाएको थियो । उता, प्रहरीका उत्कृष्ट सटर इम रानाले आर्मीलाई कसिलो प्रहार देखाउन सकेनन् ।गत मंगलबारदेखि भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाली सेनामा दिपबहादुर खड्का भएका छन् । त्यस्तै सेन्टर तर्फ सेनाकै कुमार राना र वेष्ट इस्पाइटर प्रहरीकाइम राना भएका छन् ।प्रतियोगितामा पा“च विकास क्षेत्र तथा तीन विभागीय टिमस“गै ८ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच विजयी टिमलाई शनिबारै कप तथा नगद पुरस्कार प्रदान गरिएको छ । स्थानीय विकास अधिकारी ताराबहादुर कार्की तथा मेला संयोजक टंकप्रसाद पोखरेलले संयुक्त रुपमा प्रदान गर्नुभयो ।मेलामा शनिबार अहिले सम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । व्यवस्थापन फितलो भएपछि प्रहरीलाई भिड थाम्न हम्य हम्य परेको थियो । फाइनल खेल सकिए लगत्तै मैदानमै ढुंगा हानाहान समेत भएको छ । हानाहानका एक महिला सहित दुईजना घाइते भएका थिए ।

Sunday, February 14, 2010

प्रेमपत्र


प्रिय सुधा,
मुटुभरिको माया तिमीलाई ।
तिमी कहा“ छ्यौ, थाहा छैन । तर फेरि उही पुरानो यात्रालाई सम्झदै निकै लामो समयपछि तिम्रो लागि एउटा प्रेमपत्र कोरेको छु । प्लिज, एक पटक पढ ल । हुन त तिमीबाट तिरस्कृत भइसकेको मान्छे तर पनि सम्झने प्रयास गरेको छु । यसमा मेरो केही दोष थिएन । तर के गर्नु जबर्जस्ती गल्ती स्वीकार गर्न तिमीले बाध्य बनायौं । समाजमा रहेको कालो बादललाई चिरेर अगाडि बढ्नका लागि नै तिमीस“ग मैले प्रेम गरेको थिए“ । त्यो मेरो नै गल्ती थियो । के गर्नु होचो भएर अग्लो बस्तु टिप्ने प्रयास गर्नु निरर्थक भएजस्तै म पनि तिम्रै कारणले निरर्थक भए“ । एउटा भ¥याड्डका रूपमा तिमीलाई जीवन सुम्पी चढेको म आखिर लडेर शिथिल हुन पुगें ।हुन त तिम्रो यसमा के नै दोष थियो । केवल तिमीलाई जन्म दिने समाजले कालो धब्बा बोकेको थियो । खै आ“खाले देख्न सकेन । म पनि त मान्छे थिए“ । प्रेम गर्न जानेकै थिए“ । तर मैले मात्रै सोंचेर नहु“दो रहेछ, यो त एउटा भ्रम पो रैछ । तर, डर नमान काली, म आज यसै प्रेमपत्रमार्फत् तिम्रो र मेरो सम्बन्धको नया“ बाटो खोज्दै छु ।आखिर प्रकृतिले हामीलाई मानवकै रूपमा जन्म दिएकै हुन् नि हैन र ? सोंच त एक पटक तिम्रो समाज र मेरो समाज एउटै होइन । किन फेरि तिमीमा ठूलो भन्ने घमण्ड पलायो कुन्नी । तिमी जस्ता सचेत मान्छेको दिमागमा त कुसंस्कार घुसेको छ भने अरूलाई मैले के भन्नै छ र ?थाहा छ, आज ‘भ्यालेन्टाइन डे’ हो नि । तिमीलाई तीन वर्ष अगाडि मैले यसै दिन प्रेम प्रस्ताव राखेको थिए“ र तिमीले स्वीकार पनि गरेकी थियौं । आखिर हाम्रो चोखो प्रेमलाई कसैले बालुवाको घर सरी बगाइदियो । हुन त अरूलाई दोष निु त बेकार हो । खम्बा बलियो नबनाएपछि हावाले पनि राम्रो सुन्दर घरलाई भत्काइदिन सक्छ । त्यस्तै रूप हाम्रो प्रेममा भएको छ । माया त लिन जान्नुपर्छ । मैले तिमीलाई त्यति धेरै माया गरेको थिए । तर तिमीले लिन सकिनछौं । हुन त तिमीले मलाई नै अझै दोष थाप्दै नै हिड्छौं रे । केही छैन अरूको खुसीमा पनि म त हा“सेर नै हिडेको छ । चोरलाई चोर भन्नैपर्छ भन्ने छैन, साधुलाई चोर भनेर पनि केही हु“दैन । त्यस्तै कथा तिमीले बोकेर हिडेकी छौं ।आउ“छ, अवश्य आउ“छ, तिम्रो दिमागमा एक पटक चेत । अनि तड्पिन्छौं यही तिरस्कार गरेको मायालाई सम्झेर । मलाई विश्वास छ, तिम्रा पाइलाहरू कुनै दिन म तिरै लम्किनेछन् ।यो प्रेमपत्र केवल तिमीलाई तितो यथार्थ सुनाउनकै लागि लेख्ने प्रयास गरेको छु । त्यति सस्ता आसु मेरा नभएपनि सम्झनु यसमा आ“सुले धक्का मारेको छ । तिमीले छोडेर जानुमा मलाई कुनै चिन्ता छैन । मलाई त मात्र एउटा चिन्ता छ, तिम्रो दिमागमा कहिले चेत आउला ।समाजमा बाहिरी खोल बेरेर बुद्धिमान छु भन्नेहरूको अनुहार सम्झदै छु आज । धिक्कार छ उनीहरूले यो सुन्दर प्रकृतिमा जीवन जिउन । यहा“ त केवल माया, सद्भाव, सत्य मात्रै टिकाउ हुन्छ । झुटको खेती गरेर इज्जत वृद्धि गर्न खोज्नेहरूले अब कल्पना गर्नु बेकार छ । तिमीलाई लाग्यो होला किन यस्ता शब्दहरू लेखेको छ भनेर । केवल तिम्रा लागि मात्रै यी शब्द कोरेको हु“ । शिक्षा लिएर ठूलो घमण्ड देखाउने पशुतुल्य पापी मायाका रूपमा तिमीलाई पत्रद्वारा गाली गर्दैछु ।हुन त, मलाई थाहा छैन, तिमी कहा“ छौं । मलाई यति मात्रै थाहा छ कि तिमी चेतना अझै पलाउन सकेको छ । तिमीलाई लाग्छ होला, नौनी घ्यूको रोटी बनाएर खान सक्छु भन्ने । तर म तिम्रै प्रेममा बा“चिरहेको यात्री भए पनि तिम्रो इच्छा कहिल्यै पूरा हु“दैन भन्नेमा विश्वस्त छु ।चन्द्रमालाई मात्रै होइन तिमीले सक्छौं भने मध्यरातमा सिरूको पातमा पर्ने शीतलाई माया गरी जून घामको झुल्को स“गै जमिनमा लछारिन पुग्छ र आफ्नो अस्तित्व गुमाउ“छ । हरेक दिन रातमा आउने चन्द्रमाको खेलमा धेरै लागेका हुन्छन् । मानिस भएपछि बेग्लै रूप भएर निस्कन सक्नुपर्छ ।यदि तिमी त्यसै गरेर बाहिर आउन चाहन्छौं भने बदल तिम्रा रूपहरू, अनि परिवर्तन गर तिम्रा बोलीहरू, लवजहरू । यतिकै रोक घमण्डका ती पाइलाहरू । तिमीले त देखेको हौला नि सडकमा हिड्ने खाते बच्चाहरूको हालत कस्तो हुन्छ भनेर । सक्छौं भने माया गर ती फोहोर हातहरूलाई जुन हातले कुनै प्रणालीलाई निश्वार्थ बचाएको छ, कुनै प्राणीको भलो चिताएको छ । यदि खातेहरूलाई माया दिन सक्छ्यौ भने म तिम्रो साथमा रहिरहनेछु तिम्रो हातमाथि हात राख्नका लागि ।तिमीलाई थाहा छ, मलाई समाजको कुसंस्कारको कालो धब्बा, तिरस्कार, बन्धन, घमण्ड, झुटको खेती मन पर्दैन भनेर । सानो छ“दा एउटै चम्चाले जाउलो खाएका हामीहरू आखिर किन यति टाढा हुन पुग्यौं । म केवल तिमीलाई दोष दिन चाहन्न सुधा । दोष मेरो पनि थियो । तिमीलाई सही बाटोमा ल्याउन कुनै पहल गरिन“ । ठिकै छ, यो जीवन कति लामो छ भन्ने थाहा छैन, तैपनि खुसी रहनुपर्छ भन्ने मेरो तीब्र इच्छा छ ।आज ‘भ्यालेन्टाइन डे’ । तिमीलाई यसै प्रेमपत्र मार्फत् फेरि प्रेम प्रस्ताव राख्न चाहन्छु । किनकी तिमी केही सुधारिएर मेरो अपेक्षा अनुरूप भएर आउनेछौं र अरूलाई पनि नया“ बाटोमा ल्याउन पहल गर्नेछौं । अन्त्यमा तिमीले सधै खुसी जीवन जीउनु ‘भ्यालेन्टाइन डे’ को शुभमाना ..............................।बिरानो गा“उबाट तिम्रो प्रिय लक्ष्मण ।

Tuesday, February 9, 2010

पानी परेपछि कृषक उत्साहित


हिउदे वालीलाई राहत
लक्ष्मण पोखरेल
बुटवल ,माघ २६ । लामो समयपछि वर्षा भएपछि हिउदे वाली लगाएका कृषकहरु उत्साहित भएका छन् । बर्षाले हिउ“दे वालीलाई केही राहत मिल्ने भएको छ । खेतभरी ग“हुवाली लगाएका रुपन्देहीका कृषकहरु वर्षा भएपछि झन् उत्साहित छन् । निर्माण कार्य चलिरहेका स्रोह छतिस र चार तपाहा नहरबाट पानी नजा“दा निराश भएका कृषकहरु बर्षा भएपछि खुसी भएका हुन् । रुपन्देहीको अधिकांश भाग सिञ्चित गर्ने सोह्र छतिस र चार तपाहा नहर निर्माण तथा मर्मत भइरहेका कारण गत कार्तिक महिनादेखि नहरमा पानी बन्द भएको छ । ‘कूलापानी समितिले ग“हु नलगाउन भन्दा भन्दै पनि लगाएका थियौ, धन्न आकाशबाट पानी आयो ।’ मोतिपुर –३ का कृषक मुक्तिराम गौतमले खुसी हु“दै भन्छन् — ‘अब त यति पानीले ग“हुलाई राम्रो हुन्छ ।’ ग“हु उम्रेको २१ देखि २५ दिन भित्रमा पानी लगाउनु पर्ने हुन्छ । कृषकले ढिलै भएपनि आकाशको पानीबाट केही ग“हुवाली भित्र्याउने संकेत देखिएको छ । रुपन्देहीको ३२ हजार हेक्टर जमिनमा ग“हुवाली हु“दै आएको छ । त्यसमध्ये अहिले रुपन्देहीका दुई नहरमा पानी सञ्चालन नहु“दा झण्डै ३० प्रतिशत जमिनमा ग“हुवाली कृषकले लगाएका छैनन् । रुपन्देहीमा प्रतिहेक्टर २ दशमलव २५ प्रतिशत मेट्रिकटन ग“हु उत्पादन हुने गरेको कृषि कार्यालयले तथ्याड्ढमा उल्लेख छ ।आकाशबाट बर्षा भए पनि यसले नै राम्रो उत्पादन नहुने कृषकहरु नै बताउ“छन् । ग“हुका लागि आवश्यक पर्ने समयमा पानी नभएपछि उत्पादनमाा केही ह्रास आउने उनीहरुको भनाई छ । ‘यति पानीले नै राम्रो उत्पादन हुन सक्दैन ।’ कृषक विनोद मरासिनी भन्छन् — ‘यहि पानी केही समय अघि परेको भए राम्रो हुन्थ्यो ।’ तर उनले यसले पनि हिउ“दे बालीलाई राम्रो राहत दिने बताउ“छन् । सिचाईका अभावका कारण तोरी, ग“हु लगायत अन्य तरकारी बालीहरु समेत प्रभावित बनेका छन् । समयमा सिचाई नपाउ“दा बालीहरुमा विभिन्न रोगहरु देखापर्ने कृषि विज्ञहरु बताउ“छन् । ग“हु तथा तोरीमा लाइ, डढुवा, पोके जस्ता रोगहरु देखा पर्ने कृषि कार्यालय भैरहवाका अघिकृत भीमनाथ शर्मा बताउ“छन् । उनका अनुसार ग“हुवालीलाई उम्रेको २५ दिनभित्र र बीचमा दूई पटक सम्म सिचाई दिनुपर्छ । जलवायुु परिवर्तनले पारेको असरका कारण कृषकहरु मारमा पर्दै आएका छन् । गत असोज महिनाको अन्त्यसम्म पनि पानी परेकाले गुह“वाली केही राम्रो हुन सक्ने आशा भने कृषकमा रहेको छ । माघको अन्तिम समयमा परेको पानीले ग“हु, तोरी मात्र नभएर अन्य नगदे तरकारीजन्य वालीहरुलाई समेत प्रत्यक्ष्ँ फाइदा पु¥याउने कृषकहरु बताउ“छन् ।चार तपाहा तथा सोह्र छतिस नहरबाट पुस महिनामा केही समय गु“हवालीका लागि पानी छोड्ने बताइए पनि निर्माणमा अवरोध पुग्ने भन्दै छोडिएको थिएन । निर्माणधीन चार तपाहा सिचाई योजनाबाट बुटवल नगरपालिकको केही भाग, सेमलार, खड्वाबनगाई, मोतिपुर, फर्साटिकर, अमूवा लगायतका गाविसमा सिचाई सुविधा पुग्ने गर्दछ भने सोह्र छतिस सिचाई नहरबाट बुटवल नगरपालिका सहित शंकरनगर, आनन्दवन, टिकुलीगढ, करहिया, मक्रहर, गंगोलिया लगायतका क्षेत्रमा सिचाइ हुने गर्दछ । नहर निर्माण कार्य नलिरहेकाले ती नहरबाट पानी पुग्ने स्थानमा यस बर्ष झण्डै १० हजार ग“हु उत्पादन हुने छैन । आकाशे पानीको आशमा वाली लगाएका कृषकले भने केही उत्पादन भित्र्याउने सक्ने संकेत देखिएको छ । सिचाई योजनाहरुले निर्माण कार्य अगावै ग“हुवाली नलगाउन कृषकलाई आग्रह गरेका थिए । आगामि जेठ महिनासम्म नहरहरु सुख्खानै हुने छन् ।

Monday, February 8, 2010

मुक्तिनाथ घाममा नमूना मन्दिर बन्दै


नेपालकै अग्लो शिव ज्योतिलिड्ड
२ करोडको लागतमा सत्सड्ड भवन

लक्ष्मण पोखरेल
बुटवल, माघ २५ । बुटवल – १४, नया“गाउ“ स्थित मुक्तिनाथ घाममा लुम्बिनी अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर बन्दैछ । कलात्मक नमुना मन्दिर झण्डै ८० लाखको लागतमा बन्न लागेको हो । ‘भगवानका लागि दान गरे आत्म सन्तुष्टि मिल्छ’ भन्दै बुटवल –११, मिलनचोक निवासी धनकुमारी श्रेष्ठ ‘पुर्कोट्नी’ लगायत श्रेष्ठ परिवारले मन्दिर बनाउन सहयोग गरेका हुन् । काठमाडांैमा यस्ता किसिमका मन्दिरहरु भएपनि चार ढोका भएको कलात्मक मन्दिर यस क्ष्ँेत्रमै पहिलो हो । विष्णुका विभिन्न ५२ वटा टु“डाल कुदिएको, तामाको छाना तथा पितलको गजुरमा सुनको लेप लगाउने योजना रहेको मन्दिर भक्तपूरका कालिगढहरुले निर्माण गरिरह्का छन् । यो मन्दिरको ढोका काठमाडौको मछिन्द्रनाथ मन्दिरको ढोकास“ग मिल्दो रहेको छ ।‘मछिन्द्रानाथको ढोकास“गै मिल्दो चारवटा कुदिएको ढोका राखेका छौ,’ मन्दिरको निर्देशन गरिरहेका निर्देशक डा. कर्णबहादुर श्रेष्ठले भने ‘भक्तपुरका कालिगढ र भक्तपूरकै इट्टा तथा कुदिएका भगवानका टु“डालहरु सुरहरुमा हुनेछन् ।’ उनी दान गर्ने क्ष्ँेष्ठ परिवार मध्येका एक हुन् । १५ लाखदान गरेर मन्दिर निर्माण गर्न शुरु गरेको श्रेष्ठ परिवारले मन्दिर निर्मँणको सबै लागत खर्च बेहोर्ने छन् । सो स्थानमा बन्ने विभिन्न मन्दिरको तुलनामा यो मन्दिर सबैभन्दा महगो र आकर्षक बन्ने छ । ‘आत्म सन्तुष्टी र वैकुण्ठ बासको प्राथना गर्देै मन्दिर बनाउन लागेका हौ’ दानविर डा.श्रेष्ठले भने । तीनवर्ष अधिदेखि निर्माण शुरु गरिएको मुक्तिनाथ घाम धार्मिक स्थलका रुपमा विकासित हु“दै गएको छ । मुस्ताड्डमा रहेको मुक्तिनाथ मन्दिरबाट जल ल्याई बुटवल–१४, नया“गाउ“मा हेलिकप्टरबाट सेचन गराई स्थान पवित्र पारी मन्दिर निर्माण शुरु गरिएको थियो । गुरुयोजना निर्माण गरी विस्तार गरिन लागिएको सो स्थानमा विभिन्न मन्दिर, सत्सड्ड हल निर्माण गरिदै छ ।नेपालकै सबैभन्दा अग्लो २७ फिटको शिव ज्योर्तिलिड्ड पनि मुक्तिनाथ घाममा निर्माण हु“दैछ । ज्योतिलिड्ड निर्माण लागत दानबिर मेग बहादुर सापकोटाले प्रदान गर्ने छन् । त्यस्तै ४ लाखको लागतमा दीप मन्दिर निर्माण पनि भइरहेको छ । मन्दिरहरु निर्मँणका लागि विभिन्न दानविरहरुले दान गरिरहेको मुक्तिनाथ विकास ट्रष्टका अध्यक्ष्ँ डिल्लीप्रसाद आचार्यले बताए । धाममा यज्ञशाला निर्माणका लागि टेकबहादुर बुढाथोकीले झण्डै साढे २ लाख प्रदान गरेका छन् । अखण्ड धान्याञ्चल निर्माणका लागि लालबहादुर क्षेत्रीले १ लाख प्रदान गरेको ट्रष्टको भनाई छ । त्यस्तै धाममा निर्माण भएका १ सय ८ धारा निर्माणका लागि देविप्रसाद सापकोटाले ७ लाख ७७ हजार रुपैया“दान गरेका छन् । मुक्तिनाथ मुस्ताड्डको झझल्को यहि नै गराउने उद्देश्य सहित विभिन्न मन्दिरहरु निर्माण गरिएका हुन । धाममा गणेश, हनुमानको मन्दिर लगायत विभिन्न मुर्तिहरु निर्माणधिन रहेका छन् ।विभिन्न प्रयोजनका लागि २ करोडको लागतमा ४ तलाको सत्संग भवन समेत निर्माणाधिन रहेको छ । ‘ग्राउण्ड फ्लोर निर्माण सकियो, अब दुई बर्ष भित्र सबेै पुरा गर्छाै’ ट्रष्टका अध्यक्ष्ँ आचार्यले भने । चार तले भवनामा प्रवचन, मेडिटेसन हल, सचिवालय, सन्तहरुको निवास, तिर्थयात्रीको निवास, जेष्ट नागरिक उपचार कक्ष्ँ, आवास , महिला स्वास्थ्य चेकजाच कक्ष्ँ आदि रहने छन् । हरेक वर्ष गरिने महायज्ञबाट भवन निर्माणको लागत पु¥याउने ट्रष्टको भनाई छ ।ट्रष्टले धार्मिक क्ष्ँेत्रको रुपमा स्थापना गर्न २०६४ सालमा पहिलो महायज्ञ गरेको थियो । नेपालकै नमूनाको रुपमा निर्माण गरी मुक्तिनाथको भ्रमण यसै स्थानबाट गराइने लक्ष्य रहेको ट्रष्टका संरक्ष्ँक लोकानन्द स्वामीले बताए ।मुस्ताड्डको मुक्तिनाथ जान नसक्ने असक्तहरुलाई नया“गाउ“मा मन्दिर निर्माण भएपछि ठूलो राहत मिल्ने अपेक्ष्ाँ गरिएको छ । धार्मिक स्थलहरु विस्थापित हु“दै गएको अवस्थामा नया“गाउ“मा खोतियोग्य जमिनलाई मासेर धार्मिक स्थल निर्माण गरिएको छ ।धामको विकास गर्नका लागि रिड्डरोड तथा मुक्तिघाट आदि निर्माण गरी अझ आर्कषण बनाउने गुरुयोजना अगाडि सारिएको छ । सो स्थानमा रहेका आमा समूह, युवा क्लवहरुले प्रत्यक्ष्ँ सहयोग पु¥याएको ट्रष्टको भनाइ छ ।

Sunday, February 7, 2010

एकैदिन वर्षभरिकै धेरै विवाह

लबारीमा मात्रै ३७ विवाह मण्डप
होटल क्याट्रिड्डलाई भ्याइ नभ्याइ
एक दिनमै दुइसय बस विवाहमा

लक्ष्मण पोखरेल
बुटवल ,माघ २४ । महिनाभरमै एकदिनमात्र शुभ लगन परेकाले आइतबार एकैदिन वर्षभरिकै धेरै विवाह भएका छन् । माध २४ गतेको दिनलाई विवाह कार्यका लागि अत्ति उत्तम र शुभ रहेको ज्योतिषहरुले ठहराएपछि एकैदिन धेरै विवाह भएका छन् । पुस महिनामा विवाह नुहने र माघ महिनामा पनि एकदिन मा शुभ लगन जुटेपछि सबैतिर विवाहको चहलपहल छाएको थियो । आइतबार बुटवल र आसपासका क्ष्ँेत्रमा मात्रै २ सयभन्दा धेरै विवाह भएका छन् । विवाहका ध्वजा पतकाले सजिएका र जन्तीले भरिएर सवारीसाधन विहानैदेखि सडकभरी गुडे । बुटवलको बसपार्कबाट मात्रै आइतबार विवाहका लागि करिब २ सय भन्दा बढी बसहरु रिजर्वमा गएका छन् । साना निजी नम्बरप्लेटका सवारीसाधनको पनि सयौको संख्यामा विवाहमा प्रयोग भएका देखिन्थे । यसैक्रममा विवाहको लागि प्रयोग हुने बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फुलबारीमा आइतबार एकैदिन ३७ विवाह भएका छन् । फुलवारीका सबै सेड, खुल्ला चउर सबैतिर विवाह कार्यमा जुटेकाहरुको धुइ“चो थियो ।फूलबारीमा मात्रै ३७ वटा विवाह भएका छन् । मणिमुकुन्द सेन उद्यँन पार्क (फूलवारी)मा कार्यरत कर्मचारी शुसिला न्यौपानेले विवाह, पिकनिक तथा अन्य शुभकार्यका सधै मानिसहरु आउने भएपनि फूलवारीमा आइतबार जस्तो भीड कहिल्यै नभएको बताइन् । ‘बाह् वर्षमा सबैभन्दा बढी भीड आज भएको छ ।’ संवादातालाई स“ग उनले भनिन् । ‘२०÷२५ वटा त भएका थिए तर यति धेरै चा“ही पहिलो पटक हो ।’फूलवारीमा विवाहका लागि आइतबार ३७ वटा स्टलहरु बुकिड्ड भएका थिए । फूलवारी स्थापना भएपछिकै यो सबै भन्दा बढी हो । विवाहको लगन हुने माघ महिनाको लगभग अन्तिम लगन भएर बढी भिड भएको फूलबारीका कार्यरत कर्मचारीहरु बताउ“छन् । बिवाहका लागि आएका जन्ती तथा अन्य आन्तरिक पर्यटकले फूलवारीमा आइतबार बस्ने ठाउ“सम्म सहज रुपमा पाउन सकेका थिएनन् । आइतबार मात्रै झण्डै ८ हजार मानिसहरुको फूलवारीमा घुइ“चो लागेको थियो । फूलवारीमा बिवाहका लागि काठमाडौ, नेपालगञ्ज,पोखरा, अर्घाखा“ची, पाल्पा, कपिलबस्तु लगायत रुपन्देही आसपासका जिल्लाका मानिसहरु आएका थिए । १० वटा स्टल, ३२ वटा फिल्ड र १ वटा मन्दिर रहेको फूलवारीमा अघिकांश स्थान भरिएको थियो । बिवाहस“गै आएका नौमति बाजा र ब्याण्ड बाजाले फूलबारी गुञ्जायमय भएको थियो । पार्किङका लागि स्थान अभावका कारण परिसर बाहिर सवारी राखिएका थिए । दैनिक जसो १÷२ पिकनिक तथा अन्य कार्यक्रहरु हुने फुलवारीमा विवाह महिना र चाडपर्वमा अत्याधिक भीड लाग्ने गर्दछ । गत मंसिर महिनामा एकै दिन २४ वटा सम्म विवाह फूलवारीबाट भएको काउन्टरमा कार्यरत कर्मचारी जानकी आचार्य बताउ“छिन् ।फूलवारीले विभिन्न दररेट शुल्कमा सेट तथा दुलही श्रृगार कक्ष्ँहरु उपलब्ध गराउने गर्दछ । एक विवाहको अधिकतम ३ हजार ५ सय सम्म शुल्क लिने गर्दछ, भने फूलवारीमै भाडाहरुको समेत व्यवस्था रहेको छ । प्रतिव्यक्ति १० रुपैया“ प्रवेश शूल्क लिने भएपनि विवाहमा एकमुष्ट रुपमा शुल्क लिने गरिन्छ । सेडको लागि न्यूनतमा ३ सय देखि अधिकतम १२ सय सम्म शूल्क बुझाउनु पर्छ । आइतबार फुलबारी मात्रै नभएर सिद्धबाबा, हिलपार्क, शंकरनगर वनवाटीका पुरै विवाहमा व्यस्त रहे । सडकमा पनि विवाहका गाडि अत्याधिक गुडेका थिए । सिद्धबाबामा विवाह गर्नेको खचाखचनै थियो । मन्दिरका पण्डितलाई समेत विवाह गराउन भ्याइ नभ्याइ भएको थियो ।हिलपार्क तथा शंकरनगर वनवाटीकामा पनि सधैभन्दा अत्याधिक भीड लागेको थियो । घरघरमा विवाह गराउने प्रचलन विस्तारै हट्दै गएपछि पार्क तथा मन्दिरहरु व्यस्त हु“दै गएका हुन् । अधिकांश मानिसहरुले घरभन्दा बाहिरनै विवाहहरु गर्दै अँएका छन् । ‘घर भन्दा त पार्क तथा होटलमै राम्रो हुन्छ ।’ नवदुलाह बनेका शुशिल कुव“रले भने ‘बाहिर गर्दा व्यवस्थापन गर्न पनि सजिलो सत्कार सम्मान पनि राम्रो ।’यता, बुटवलका होटल तथा क्याटरिङहरुलाई भ्याइनभ्याइ भएको थियो । एकैदिन झण्डै एक सय बढी विवाह भएपछि बुटवलका होटल तथा क्याटरिङहरु आइतबार व्यस्त रहे । एउटै होटलले तीन वटा विवाह सम्ममा क्याटरिङ सेवा पु¥याएका थिए । रविन क्याटरिङ, सापकोटा क्याटरिङ, कस्तुरी क्याटरिङ, लगायत बुटवलका अधिकाशं होटलले विवाहमा क्याटरिङ सेवा पु¥याएका थिए ।यस्तै पश्चिम नेपाल बस व्यवासायी समिति बुटवलबाट मात्रै आइतबार १ सय ५१ वटा बसहरु रिर्जभमा गएका थिए । बस व्यावसायी समिति नम्बर शाखाका इन्चार्ज कृष्ण भट्टराईका अनुसार बुटवल काउण्टरबाट मात्रै ती गाडि भाडामा गएका हुन । बुटवल शाखा अलवा अन्य स्थानहरुबाट पनि बसहरु भाडामा गएको उनले बताए ।
नौमति र व्याण्डबाजाको प्रतिष्पर्धा
बुटवल ,माघ २४ । विवाहस“गै नेपाली संस्कृति झल्कने नौमति बाजा र आधुनिक ड्रमसेट बीच प्रतिष्पर्धा बढ्दै गएको छ ।आइतबार फूलवारीमा भएका ३७ विवाह मध्ये झण्डै आधा विवाहमा बाजी समावेश गराइएको थियो । समावेश बाजामा नौमति बाजा केही बढी भएपनि ड्रमसेटले पनि राम्रै स्थान जमाएको थियो ।आधुननिकता भन्दै पश्चिमी सभ्यताको ड्रमसेट विवाहमा बजाउन थालिएपछि नौमति , पञ्चे बाजा समुहहरु निराश बन्दै गएका छ । बुटवल तथा आसपासका गाविसमा झण्डै २० वटा बाजा समूहहरु रहेका छन् । प्रति विवाह ८ देखि १० हजार सम्म शुल्क लिने नौमति बाजा समूहले यसको लोकप्रियता पछिल्लो समयमा घट्दै गएको बताउ“छन् । नौमति बाजा समुह रानीबगियाका लालबहादुर पुनले ड्रमसेटका कारण नौमति ओझेलमा परेको गुनासो गर्नुभयो । उहा“ले आफ्नो सस्कृति जोगाउने नौमति तथा पञ्चे बाजाहरुलार्य जोगाउन ड्रमसेटको अन्त्य हुनुपर्ने बताउनुभयो ।शहरी क्ष्ँेत्रमा प्रायजसो नेवार समुदायले व्याण्ड बाजा बजाउने गर्दछन् । नौमति र व्याण्डबाजा विवाह शुल्क करिब समान रहेको छ ।बुटवलको दीपनगरमा ३ , रानीवगियामा ६, उजोलापुरमा देवापार, जानापूर, भलुही लगायतका स्थानमा गरी झण्डै २० वटा नौमति बाजासमुह छन् भने केही व्याण्ड बाजा समुहहरु रहेका छन् ।

Friday, February 5, 2010

प्रेस चौतारी नेपालको शान्ति पदयात्रा


प्रेस चौतारीको छैठौं राष्ट्रिय अधिबेशन शुरु


सहमतिका आधारमा लडाकुको समायोजनः प्रधानमन्त्री
बुटवल ,माघ २२ । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुको समायोजन र पूनः स्थापना राजनीतिक सहमतिका आधारमा हुने स्पष्ट पार्नुभएको छ ।उहा“ले संविधान जारी हुनुपूर्व नै सेना समायोजन हुने बताउनुभयो । ‘माओवादी लडाकुको समायोजन र पुनः स्थापना सहमतिका आधारमा हुन्छ,’ प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘ कति संख्यामा समायोजन र कति संख्यामा पुनः स्थापना गर्ने भन्ने कुराको टुड्डो दलीय सहमतिका आधारमा हुनेछ ।’ । प्रेस चौतारी नेपालको छैठौ राष्ट्रिय अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले माओवादी लडाकुको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो । माओवादी लडाकुलाई विशेष समितिअन्तर्गत ल्याउने प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले यसमा सघाउन एकीकृत नेकपा माओवादीलाई आग्रहसमेत गर्नुभयो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले सबै दल संकीर्ण राजनीतिबाट माथि उठे समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘जेठ १४ गतेसम्म संविधान जारी हुन्छ,’ प्रधानमन्त्री नेपालले अगाडि थप्नुभयो, ‘ तर यसका लागि राजनीतिक प्रतिवद्धता र सामूहिक सहकार्य आवश्यक छ ।’ दलहरूबीचको एकता र सहकार्यमा पटक— पटक जोड दिनुभएका प्रधानमन्त्री नेपालले माओवादीलाई नागरिक पार्टीको रूपमा रूपान्तरण हुनसमेत आग्रह गर्नुभयो । ‘ लडाकु राखेर कुनै पार्टी पनि बलियो हु“दैन,’ उहा“ले भन्नुभयो, ‘बन्दुकको मोहबाट सबै टाढा रहनुपर्छ ।’ वर्तमान सरकार प्रक्रियागत ढंगबाट बनेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले प्रक्रियागत ढंगबाट नया“ सरकार बन्न सक्ने बताउनुभयो । ‘यो सरकार कसैलाई मन परेको छैन भने प्रक्रियागत ढंगले अघि बढ्न सकिन्छ,’ उहा“ले भन्नुभयो ।प्रक्रियागतबाहेक अन्य ढंगले सरकार बनाउन खोजिए त्यसल देशको राजनीति बिग्रने र जटिलता ल्याउने उहा“को भनाइ छ । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताप्राप्तिको जालो रच्नका लागि प्रचण्डले उच्चस्तरीय संयन्त्रको खेल खेलेको आरोप लगाउनुभयो । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनातको आन्दोलनबाट केही गर्न नसकेपछि प्रचण्डले सत्ता प्राप्त गर्ने अर्को पुल निर्माण गरेको प्रष्ट पार्नुभयो । ‘संयन्त्र प्रचण्डको सत्ता प्राप्तिको खेल हो, यसले केही गर्न सक्दैन’ , उहा“ले भन्नुभयो । माओवादीको अराजकताको विरूद्धमा सम्पूर्ण दलहरू लागेर व्यवहारमा परिवर्तन गराउन जरूरी रहेको उहा“ले बताउनुभयो । संघीयता जवर्जस्ती लादिएको बताउ“दै उहा“ले यसले मुलुकलाई खाल्डोमा पार्ने ठोकुवा गर्नुभयो । एकीकृत सामन्त व्यवस्थाका अन्त्य मात्रै अहिले आवश्यकता र संघियता आवश्यक नभएको बताउनुभयो । एमालेका महासचिव ईश्वर पोखरेलले जनताको जनइच्छा र अँन्दोलनको उपलब्धीलाई पूरा गर्न सहमतिको विकल्प नभएको बताउनुभयो । जनताका उपलब्धी खोसिएको बताउ“दै उहा“ले देशलाई बचाउने सहमति चाहिएको धारणा राख्नुभयो । उहा“ले याचना गर्ने सहमति एमालेलाई स्वीकार नहुनेसमेत स्पष्ट पार्नुभयो । पत्रकार महासंघका अध्यक्ष्ँ धमेन्द्र झाले संविधान नबनेसम्म जनतालाई बलिया हुन नसक्ने तर्क राख्दै दललाई समयमै संविधान निर्माण गर्नका लागि सचेत हुन आग्रह गर्नुभयो । पत्रकारहरूले डरमा कलम चलाउनुपर्ने बाध्यता अझै पनि हट्न नसकेको प्रति निराशा प्रकट गर्र्दै उहा“ले अब बन्ने संविधानमा प्रेस स्वतन्त्रातको ग्यारेण्टी हुनुपर्ने बताउनुभयो । पत्रकारहरू राजनीति घेराबन्दीबाट पछि हट्नुपर्ने र संगठनमा लागेपछि आफ्नो दललाई खबरदारी गर्न सक्नुपर्ने भनाइ राख्नुभयो ।एमालेका सचिव विष्णु पौडेलले पत्रकारहरूले पार्टी पत्रकारिता गर्नु व्यर्थ रहेको टिप्पणी गर्नुभयो । व्यावसायिक रूपमा आफ्नो भूमिका निभाउनु पहिलो दायित्व भएको भन्दै उहा“ले राष्ट्रको समृद्धि र विकासका लागि कलम चलाउनुपर्ने सुझाव दिनुभयो । एमालेका पोलिटव्यूरो सदस्य प्रदिप नेपालले संविधान समयमै निर्माण हुन सके जनताको भावना समेट्न सकिने बताउनुभयो । प्रेस चौतारीका संस्थापक विष्णु चालिसेले आफ्नो मर्यादालाई बिर्सेर क्ष्ँणिक चर्चाका लागि पत्रकारले समाचार संकलन गर्न नहुने बताउनुभयो । कार्यक्रममा छापा माध्यम राष्ट्रिय सञ्जालका देवप्रकाश त्रिपाठी , चौतारीका केन्द्रिय सदस्य शम्भु श्रेष्ठ, गगन विष्ट लगायतले बोल्नुभएको थियो । कार्यक्रमपूर्व बुटवलमा शान्ति प्रभात¥याली निकालिएको थियो । ¥यालीको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । राजमार्गबाट सूरू भएको ¥याली कार्यक्रमस्थल कान्ति सभागृहमा पुगी समापन भएको थियो । दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नया“ नेतृत्वको चयन गर्ने छ । अधिवेशनमा मुलुकभरका झण्डै पा“च सय प्रतिनिधि पर्यवेक्ष्ँक सहभागी छन् ।

Friday, January 29, 2010

पत्रकारको दैनिकी

खाल्टोमा प्रधानमन्त्री । क्यामेरा तेर्साउदै बुटवलका पत्रकारहरु । पत्रकारको दैनिकी त्यस्तै हो त ?
मत राख्नु है ।

तामनगरमा कोरियन टेक्निकल इन्स्टिच्युट


भवनको शिलान्यास
बुटवल, माघ १५ । तामनगरमा नेपाल कोरिया टेक्निकल इन्स्टिच्युटको भवन निर्माण शुरू गरिएको छ ।कोरिया सरकार तथा नेपाल सरकारको संयुक्त लगानीमा इन्स्टिच्युट निर्माण गरिन लागिएको हो ।इन्स्टिच्युट भवनको प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । कोरियास्थित कोइका कम्पनीको आर्थिक सहयोगमा इन्स्टिच्युट बन्न लागेको छ । कम्पनीले सो स्थानमा भवन निर्माणका लागि ५० लाख अमेरिकी डलर अर्थात् साढे ३६ करोड रकम सहयोग गरेको छ ।कोरिया सरकार र नेपाल सरकारबीच ५ सेप्टेम्बर २००८ मा भएको सम्झौताअनुरूप टेक्निकल इन्स्टिच्युटको भवन निर्माण शुरू गरिएको हो । भवन १८ महिनामा पूरा हुनेछ ।बुटवल नगरपालिका १४ तामनगरमा रहेको ९ विगाहा १६ कट्टा जमिनमा प्राविधिक शिक्ष्ाँलयको भवन निर्माण हुनेछ । सन् २०१२ को प्रारम्भस“गै शिक्षालयमा सिटिइभिटीअन्तर्गत मेकानिक्स इन्जिनियरिड्ड ,अटोमोबाइल इन्जिनियरिड्ड , इलेक्ट्रिक इन्जिनियरिड्ड विषयमा पठनपाठन हुनेछ। तीन वर्ष डिप्लोमा तहसम्म सिटिइभिटी अन्तर्गतका पाठ्यक्रम शिक्ष्ाँलयमा पढाइने बताइएको छ ।साथै तीन वर्ष पाठ्यक्रममाबाहेक रोजगारीमूलक तालिमसमेत इन्स्टिच्युटमा सञ्चालन हुनेछ ।हरेक सिफ्टमा ४८ जना विद्यार्थीले पढ्न पाउने व्यवस्था रहने छ ।इन्स्टिच्युटमा पढ्ने विद्यार्थीहरू रोजगारीका लागि कोरियासमेत जान पाउने छन् । रोजगारीमूलक शिक्ष्ाँको अभाव खड्किरहेको अवस्थामा यसले यस क्ष्ँेत्रमा मुख्य टेवा पुग्ने अपेक्ष्ाँ लिइएको छ ।योजना निर्माणका लागि बुटवल नगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग पु¥याएको थियो । झण्डै ८ करोड नेपाल सरकारको लगानी इन्स्टिच्युटमा रहनेछ । सन् २०१२ मा कोरिया सरकारले योजना पूरा गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।नेपालमा हाल २१ वटा आड्डिक प्राविधिक शिक्ष्ाँलयहरू रहेका छन् भने ३ सय ४७ वटा निजी क्ष्ँेत्रका शिक्ष्ँँलयहरू रहेका छन् । प्रशस्त मात्रामा प्राविधिक शिक्ष्ाँलय भए पनि महड्डो र सर्वसुलभ नभएकाले २५ प्रतिशत जनशक्ति पनि उत्पादन गर्न नसकेको अवस्था नेपालमा रहेको छ ।तामनगरको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युट शम्भु कन्ट्रक्सनले निर्माण गरिरहेको छ ।

Wednesday, January 27, 2010

गोलभेडा खेतीबाट राम्रो आम्दानी


वैज्ञानिक खेती गरे असम्भव छैन’
– एक बोट १४ किलो गोलभेडा

लक्ष्मण पोखरेल
देवदह (रुपन्देही) माघ १३। व्यवसायिक रुपमा गोलभेडा खेती गरेर देवदह–१, खैरेनीका खिमप्रसाद पाण्डेले मनग्य आम्दानी गरेका छन् । दुई वर्षदेखि गोलभेडा खेती शुरु गरेका उनले अहिले खेतीलाई व्यवसायकै रुपमै विस्तार गरेका छन् । ‘अरुको देखेर नै व्यवसायिक खेती गर्ने प्रेरणा मिलेको हो’, उनले संवाददातास“ग भने ‘व्यवसायिक खेती गर्न सक्ने अरु केही गर्न पर्दैन ।’ उनले हालै गोलभेडाबाट मात्रै बार्षिक झण्डै ७० हजार रुपैया “ आम्दानी गर्दछन् । रोजगारी नपाएर शिक्षित युवाहरु भौतारिनु परिरहेको अवस्थामा उनले युवाहरुलाई पनि व्यवसायिक तरकारी खेती तथा पशुपालन गर्न आग्रह गर्दछन् । अहिले र उनले झण्डै दुई कट्टा जमिनमा गोलभेडा खेती गरेका छन् । आफ्नै घरमा प्राङगारिक मल उत्पादन गरी खेती गर्न उनले आफू खेतिबाट सन्तुष्ट रहेको बताउ“छन् । ‘म सन्तुष्ट नै छु, आफ्नै खेतमा तरकारी लगाएर विदेशमा जानेले भन्दा पनि बढी आम्दानी गरेको छु’ उनी भन्छन् ।उनको खेतमा गोलभेडा मात्रै नभएर ब्रोकाउली बन्दा पनि रहेका छन् । स्थानीय बजारमै आफ्ना उत्पादन खपत हुने उनी बताउ“छन् । बन्दा र ब्रोकाउली बढी नलगाए पनि उनको खेतमा गोलभेडा भने रमिता नै हेर्ने जस्तो छ । अचम्म लाग्दो त अझै के छ भने उनको एक बोटमा झण्डै १४ किलोसम्म गोलभेडा फल्छ । ‘खै मैले अझै सम्म रासायनिक मल राखेको छैन, तव पनि राम्रै उत्पादन भएको छ ।’ ‘उनी अगाडि थप्छन् रासायनिक मल त भन्नु मात्रै हो ।’खेतमा ७ सय वटा गोलभेडा विरुवा उनले लगाएका छन् । ७ सय विरुवाबाट ५० क्विन्टलसम्म गोलभेडा फल्ने गर्दछ । आफूले अहिले सम्म कुनै विषादी तरकारीमा प्रयाृग नगरेको ठोकुवा गर्दै उनी भन्छन् ‘मान्छेले चाहे जस्तो सुकै काम गरेपनि सफलता मिल्ने रहेछ ।’दुई वर्ष अघिसम्म व्यवसायिक रुपमा उन्नत गाई पालन गरेर राम्रो आम्दानी गर्दै आएका कृषक पाण्डेले पशुपालनलाई कमी गर्दै तरकारी खेती शुरु गरेका हुन् । उनले उन्नत गाईपालनबाट पनि दैनिक ७० लिटरसम्म दुग्ध बिक्री गर्दै आएका थिए । विभिन्न कृषक समूह तथा सहकारीमा सदस्य समेत रहेका उनले वैज्ञानिक तरिकाले खेती गरे असम्भव केही नभएको बताउ“छन् । कृषकलाई हेरिने हेय दृष्टिकोणले पनि कृषि क्षेत्र पछाडि परेको बताउ“दै उनी भन्छन्‘ पढेका युवायुवतीहरुले वैज्ञानिक तरिकाले खेती गरे अरु केही गर्नुपर्दैन ।’ उनी युवाहरुलाई अरुले गरेको खेती हेरेर आहा कति राम्रो भन्नु भन्दै आफै उत्पादन गरेर देखाउन सुझाव दिन्छन् । उनले आफूले उत्पादन गरेका गोलभेडा, ब्रोकाउली, बन्दा गोवी बुटवलमा सञ्चालित कृषि मेलामा प्रर्दशनका लागि ल्याएका छन् । ‘प्रदर्शन गर्नका लागि यहा“सम्म ल्याएको छु’ उनले संवाददातास“ग भने ‘यसले केही प्रेरणा प्रदान गरी कृषि क्ष्ँेत्रको विकास गर्न सक्छ ।’

Tuesday, January 26, 2010

महङ्गी एक वर्षमै दोब्बर

बन्द, हड्ताल, कालोबजारीले खाद्यान्न छोइनसक्नु
लक्ष्मण पोखरेल
बुटवल , माघ । पछिल्लो एक वर्षमै बजार मूल्य झण्डै दोब्बर भएको छ ।बन्द हड्ताल कालोबजारीलगायतका कारणले गर्दा मूल्य वृद्धि दोब्बर भएको हो । अन्य वस्तुको तुलनामा खाद्यान्नको मूल्य अत्यधिक बढेको छ । उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्ताहरू मर्कामा परका छन् । निम्न परिवारहरूलाई दैनिक गुजारा टार्नसमेत असहज भएको छ ।गत वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बर मूल्य वृद्धि भएको छ ।चिनी, चामल , नुनलगायत खाद्यान्न पदार्थको मूल्य एक्कासी चुलिएको हो । राष्ट्रबैंकका अनुसार यसवर्ष खाद्यान्नमा झण्डै १८ प्रतिशत मूल्य वृद्धि भएको छ ।यो गतवर्षको तुलनामा झण्डै दोब्बर हो । औसत मूल्य वृद्धि १३ दशमलव २ प्रतिशत भए पनि खाद्यान्नको मूल्य अत्यधिक बढी छ ।मूल्य बढ्नुको मख्य कारण तत्व राजनीतिक आस्थिरता भएको राष्ट्रबैक अनुसन्धान विभाग उपभोक्ता मूल्य सूचकाड्ड परियोजना उपनिर्देशक डिलाराम सुवेदी बताउनुहुन्छ ।‘मूख्य त बन्द र हड्ताल नै मूल्य बढ्नुको कारक तत्व हो ।’ सुवेदीभन्नु हुन्छ ,‘यसको मूल्य समेत उपभोक्ताले तिर्नुपरेको छ ।’ यही असहज परिस्थिति कायम रहिरहे आर्थिक अवस्थामा गम्भीर संकट आउनसक्ने तर्क उहा“ राख्नुहुन्छ ।व्यापारीहरूको कालो बजारीसमेत मूल्य वृद्धिको अर्को कारक तत्व रहेको स्वयम् व्यापारी नै स्वीकार गर्दछन् । राजनीतिक आस्थिरताको फाइदा उठाउ“दै सामान लुकाउने प्रवृत्तिले गर्दा उपभोक्ता मर्कामा परेको व्यवसायीको भनाइ छ । यसको नियन्त्रणका लागि सरकार समयमै सचेत हुनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष्ँ शंकर श्रेष्ठ बताउनुहुन्छ ।‘यस्तो प्रकारले गरिने अप्राकृतिक व्यापारले नै बजारलाई तहसनहस पारेको छ’ उहा“को कथन छ ।कालोबजारीलाई जतिसक्दो कारवाही गर्न सरकार पछि हट्न नहुने उहा“ बताउनुहुन्छ ।‘कालोबजारीले नै यस्तो असहजता ल्याएको छ , नियन्त्रण गर्न सबै लाग्नुपर्छ ’ उहा“को भनाइ छ ।मूल्य वृद्धि हुनुमा इन्धन तथा बढ्दै गएको लोडसेडिड्डको पनि मुख्य भू्मिका रहेको अर्थ विज्ञहरू बताउ“छन् । विभिन्न कारणले हुने मूल्य वृद्धिको मारमा भने उपभोक्ता पर्दै आएका छन् । गतवर्षको तुलनामा दोब्बर मूल्य बृद्धि हु“दासमेत सरकार मौन बसेको देख्दा उपभोक्ता आक्रोशित छन् । सरकारको बेवास्ताकै कारण उपभोक्ता गासबाट बन्चित हुनुपर्ने अवस्था श्रृजना भएको शिक्ष्ँक रामराज भट्टराई बताउनुहुन्छ । कृषकले उत्पादन गरको वस्तुको मूल्य सधै न्युन गतिमा बढ्ने तर त्यही बस्तु कृृषकले नै किन्दा बढी मूल्य चुकाउनुपर्ने अवस्था व्यवसायीको खराब आचरणका कारण आएको अर्थ विज्ञहरू बताउ“छन् । अत्याधिक मूल्य वृद्धि भएको चिनी गतवर्षको तुलनामा झण्डै दोब्बर छ । प्रतिकेजी ४३ रूपैया“मा गतवर्र्ष बिक्री भएको चिनी अहिले ८०देखि ८३ रूपैया“सम्म पुगेको छ भने सोही अनुपातमा चामल ,तेल लगायतका उपभोग्य बस्तु बढ्ेको छ । नुनको मूल्य समेत प्रतिकेजी झण्डै ५ रूपैया“ बृद्धि भएको छ । राष्ट्रबैकको तथ्याड्ढ अनुसार २०६१ मा ४ दशमलव ५ प्रतिशत रहेको मूल्य बृद्धि ६६ मा झण्डै १४ प्रतिशतमा पुगेको छ ।आर्थिक बर्ष ६४।६५ मा मूल्य बृद्धि ७ दशमलव ७ प्रतिशत रहेको थियो । अहिले रहेको मूल्यवृद्धि झण्डै दोब्बर हो ।

कुष्ठरोग निवारण घोषणा कागजी औपचारिकतामात्रै’

रूपन्देहीमा १ सय ३ जना कुष्ठप्रभावित

लक्ष्मण पोखरेल

बुटवल, माघ ४ । सरकारले नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि स्वयम् कुष्ठ प्रभावित तथा त्यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले असन्तुष्टि जनाएका छन् । सरकारले कागजी औपचारिकताका लागि निवारणको घोषणा गरेको भन्दै त्यसलाई मान्न बाध्यता बनाइएको उनीहरूले बताए । सरकारले अभियान थालिएको ४६ वर्षपछि मंगलबारबाट नेपालमा कुष्ठरोग निवरण घोषणा गरको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति दशहजार जनसंख्यामा एक जनाभन्दा कम व्यक्ति कुष्ठप्रभावित देखिएको भन्दै सरकारले कुष्ठ निवारण घोषणा गरको हो । स्वास्थ्य मन्त्रालयको रिपोर्टमा प्र्रति दश हजारमा शून्य दशमलव ८ जना कुष्ठप्रभावित रहेको उल्लेख छ । मन्त्रालयले घोषणा गरे पनि मधेशी जिल्लाहरूमा अझै पनि ८० प्रतिशत प्रभावित रहेका छन् । रूपन्देहीमा मात्रै प्रति दशहजार जनसंख्यामा एक दशमलव ५ प्रतिशत कुष्ठप्रभावित व्यक्तिहरू छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको तथ्याड्ढअनुसार हाल रूपन्देहीमा १ सय ३ जना कुष्ठप्रभावित व्यक्ति रहेका छन् । गतवर्ष प्रतिहजार जनसंख्यामा २ दशमलव १३ प्रतिशत कुष्ठप्रभावित थिए । सरकारले निवारण घोषणा गरे पनि कुष्ठप्रभावित र संघ संस्था भने असन्तुष्ट रहेका छन् । ‘यो त कागजी रूप दिनका लागि मात्रै गरिएको हो,’ कुष्ठरोग निवारणको क्ष्ँेत्रमा काम गर्दै आइरहेको संस्था आइडिया नेपालकी उपाध्यक्ष्ँ तथा नेपाल प्रतिनिधि पार्वती ओलीले मेचीकालीस“ग भन्नुभयो, ‘ सरकारको घोषणामा हामी असन्तुष्ट छौ । ’ सरकारले कुष्ठरोग निवारण घोषणा गर्नुको सट्टा कुष्ठप्रभावित संख्या घटाउने अभियान थाल्नुपर्ने उहा“ले सुझाव दिनुभयो ।समाजमा कुष्ठप्रभावितलाई दोस्रो दर्जाको रूपमा हेर्ने कुसंस्कार हटिनसकेको बताउ“दै उहा“ले समाजको डरले दबिएर बसेका कुष्ठप्रभावितलाई खुलेर आउने वातावरण मिलाउनु सरकारको दायित्व भएको बताउनुभयो । ‘अहिले नै निवारण घोषणा गर्ने समय आएको छैन ।कागजी मात्रै हैन, प्राक्टिकल तयारीसमेत पूरा हुनुपर्छ,’ उहा“ले भन्नुभयो । ओली कुष्ठ प्रभावित हुनुहुन्छ । विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वबाटै कुष्ठरोग उन्मूलन गर्ने घोषणा गरे पनि नेपालमा गरिएको थिएन । सरकारले चारपटकको असफलतापछि अहिले निवारण घोषणा गरे पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।सरकारको घोषणाबाट कुष्ठप्रभावित पनि असन्तुष्ट छन् । ‘घोषणा गरेर मात्र ह“ुदैन, ’ रूपन्देही देवदहकी कुष्ठप्रभावित सरस्वती न्यौपानेले भन्नुभयो ‘सरकारले घोषणा गरेजस्तो व्यवहारमा छैन , झन् दिनप्रतिदिन कुष्ठरोगी भेटिदै गएका छन् । ’ समाजको उपेक्षित व्यवहारको कारण बाहिर खुल्न नसकेका अधिकांश कुष्ठरोगी रहेका छन् । जनस्वास्थ्य कार्यालयका क्ष्ँय ÷कुष्ठरोग सुपरभाइजर टिकाराम अधिकारीले रूपन्देहीमा केही खुल्न नसकेका प्रभावितहरू समेत रहेको बताउनुभयो । रूपन्देहीका देवदह, खुदाबगर, मक्रहर, गंगोलिया, करहिया, टिकुलीगढ, रूद्रपुर लगायतका गाविसमा कुष्ठप्रभावितको संख्या बढी रहेको छ । अशिक्ष्ाँ, बसाइ“सराइ“ र समाजको हीनतापूर्ण सोचाइका कारण सो क्ष्ँेत्रमा बढी प्रभावित देखिएको अधिकारीको भनाइ छ । निकै ढिलो यो रोग सर्ने गर्दछ भने ९५ प्रतिशतलाई यो रोग लाग्ने सम्भावना निकै कम हुने जनस्वाथ्यको भनाइ छ । संक्रमण भएको २ देखि ५ वर्षमा बल्ल देखा पर्ने यो रोग सर्ने र नसर्ने गरी दुई किसिमको हुने गर्दछ । निवारण घोषणा गर्नका लागि सरकारले कुष्ठप्रभावितप्रति गरिने सामाजिक र मानसिक धारणालाई परिवर्तन गर्नु अनिवार्य रहको आइडिया नेपालकी उपाध्यक्ष्ँ ओलीको भनाइ छ । कुष्ठरोग गराउने किटाणु माइक्रोव्याक्टेरिया घट्दै जाने र सर्ने सम्भावना कम भएपछि सरकारले निवारण घोषणा गरेको जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४ सय ४५ जना उपचारका क्रममा रहेका छन् । ब्रेकर रूपन्देहीमा अत्यधिक प्रभावित बुटवल , माघ ५ । यस क्ष्ँेत्रमा कुष्ठप्रभावितको संख्या आत्यधिक रहेको छ । रूपन्देही , नवलपरासी तथा कपिलबस्तु जिल्लामा प्रति दशहजारमा एक प्रतिशतभन्दा बढी रहेको छ ।रूपन्देहीमा पछिल्लो तथ्याड्ढअनुसार १ दशमलव २७ प्रतिशत कुष्ठप्रभावित रहेका छन् । यो उपचारमा रहेकाको संख्या मात्रै हो । त्यस्तै नवलपरासीमा पछिल्लो तथ्याड्ढअनुसार १ दशमलव २ प्रतिशत रहेको छ । कपिलबस्तुमा प्रति दशहजार १ दशमलव ३ प्रतिशत कुष्ठप्रभावित संख्या रहेको छ ।नेपालको प्रति दशहजार जनसंख्यामा शून्य दशमलव ८९ प्रतिशत संख्या रहेको भन्दै सरकारले निवारण घोषणा गरेको हो । आइडिया नेपालको पछिल्लो तथ्याड्ढअनुसार सबैभन्दा बढी रूपन्देही कुष्ठप्रभावित रहेका छन् ।

Friday, January 22, 2010

लडाकु बहिर्गमन


माओवादी आमहड्ताल स्थगित

माओवादीले पर्सी १० गतेदेखि गर्ने भनेको अनिश्चितकालीन आमहड्ताल स्थगित भएको छ। आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले फिर्ता लिन आग्रह गरेपछि दिउसो बसेको माओवादी केन्द्रीय पदाधिकारीको बैठकले हाललाई अनिश्चतकालीन आमहड्ताल सहित आन्दोलन स्थगन गर्ने निर्णय गरेको हो।

Tuesday, January 19, 2010

सरस्वती पुजा गरियो


धनकि लक्ष्मी


गजल

गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ ।
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
उनलाई पाउन 'दिलीप' आफै दिलीपबाट झर्न सक्छ ।
- दिलीप
Laxman sudha
butwal

बुटवल

यसको नामाकरन सम्बन्धमा बिभिन्न जनश्रुतिहरु सुन्न पाइन्छ . बिभिन्न ठाऊहरुबाट मानिसहरु बटुलियर बसेको हुनले "बटौली" भनिएको र अपभ्रम्स भई "बुटवल" भएको भनिन्छ .