
प्रिय सुधा,
मुटुभरिको माया तिमीलाई ।
तिमी कहा“ छ्यौ, थाहा छैन । तर फेरि उही पुरानो यात्रालाई सम्झदै निकै लामो समयपछि तिम्रो लागि एउटा प्रेमपत्र कोरेको छु । प्लिज, एक पटक पढ ल । हुन त तिमीबाट तिरस्कृत भइसकेको मान्छे तर पनि सम्झने प्रयास गरेको छु । यसमा मेरो केही दोष थिएन । तर के गर्नु जबर्जस्ती गल्ती स्वीकार गर्न तिमीले बाध्य बनायौं । समाजमा रहेको कालो बादललाई चिरेर अगाडि बढ्नका लागि नै तिमीस“ग मैले प्रेम गरेको थिए“ । त्यो मेरो नै गल्ती थियो । के गर्नु होचो भएर अग्लो बस्तु टिप्ने प्रयास गर्नु निरर्थक भएजस्तै म पनि तिम्रै कारणले निरर्थक भए“ । एउटा भ¥याड्डका रूपमा तिमीलाई जीवन सुम्पी चढेको म आखिर लडेर शिथिल हुन पुगें ।हुन त तिम्रो यसमा के नै दोष थियो । केवल तिमीलाई जन्म दिने समाजले कालो धब्बा बोकेको थियो । खै आ“खाले देख्न सकेन । म पनि त मान्छे थिए“ । प्रेम गर्न जानेकै थिए“ । तर मैले मात्रै सोंचेर नहु“दो रहेछ, यो त एउटा भ्रम पो रैछ । तर, डर नमान काली, म आज यसै प्रेमपत्रमार्फत् तिम्रो र मेरो सम्बन्धको नया“ बाटो खोज्दै छु ।आखिर प्रकृतिले हामीलाई मानवकै रूपमा जन्म दिएकै हुन् नि हैन र ? सोंच त एक पटक तिम्रो समाज र मेरो समाज एउटै होइन । किन फेरि तिमीमा ठूलो भन्ने घमण्ड पलायो कुन्नी । तिमी जस्ता सचेत मान्छेको दिमागमा त कुसंस्कार घुसेको छ भने अरूलाई मैले के भन्नै छ र ?थाहा छ, आज ‘भ्यालेन्टाइन डे’ हो नि । तिमीलाई तीन वर्ष अगाडि मैले यसै दिन प्रेम प्रस्ताव राखेको थिए“ र तिमीले स्वीकार पनि गरेकी थियौं । आखिर हाम्रो चोखो प्रेमलाई कसैले बालुवाको घर सरी बगाइदियो । हुन त अरूलाई दोष निु त बेकार हो । खम्बा बलियो नबनाएपछि हावाले पनि राम्रो सुन्दर घरलाई भत्काइदिन सक्छ । त्यस्तै रूप हाम्रो प्रेममा भएको छ । माया त लिन जान्नुपर्छ । मैले तिमीलाई त्यति धेरै माया गरेको थिए । तर तिमीले लिन सकिनछौं । हुन त तिमीले मलाई नै अझै दोष थाप्दै नै हिड्छौं रे । केही छैन अरूको खुसीमा पनि म त हा“सेर नै हिडेको छ । चोरलाई चोर भन्नैपर्छ भन्ने छैन, साधुलाई चोर भनेर पनि केही हु“दैन । त्यस्तै कथा तिमीले बोकेर हिडेकी छौं ।आउ“छ, अवश्य आउ“छ, तिम्रो दिमागमा एक पटक चेत । अनि तड्पिन्छौं यही तिरस्कार गरेको मायालाई सम्झेर । मलाई विश्वास छ, तिम्रा पाइलाहरू कुनै दिन म तिरै लम्किनेछन् ।यो प्रेमपत्र केवल तिमीलाई तितो यथार्थ सुनाउनकै लागि लेख्ने प्रयास गरेको छु । त्यति सस्ता आसु मेरा नभएपनि सम्झनु यसमा आ“सुले धक्का मारेको छ । तिमीले छोडेर जानुमा मलाई कुनै चिन्ता छैन । मलाई त मात्र एउटा चिन्ता छ, तिम्रो दिमागमा कहिले चेत आउला ।समाजमा बाहिरी खोल बेरेर बुद्धिमान छु भन्नेहरूको अनुहार सम्झदै छु आज । धिक्कार छ उनीहरूले यो सुन्दर प्रकृतिमा जीवन जिउन । यहा“ त केवल माया, सद्भाव, सत्य मात्रै टिकाउ हुन्छ । झुटको खेती गरेर इज्जत वृद्धि गर्न खोज्नेहरूले अब कल्पना गर्नु बेकार छ । तिमीलाई लाग्यो होला किन यस्ता शब्दहरू लेखेको छ भनेर । केवल तिम्रा लागि मात्रै यी शब्द कोरेको हु“ । शिक्षा लिएर ठूलो घमण्ड देखाउने पशुतुल्य पापी मायाका रूपमा तिमीलाई पत्रद्वारा गाली गर्दैछु ।हुन त, मलाई थाहा छैन, तिमी कहा“ छौं । मलाई यति मात्रै थाहा छ कि तिमी चेतना अझै पलाउन सकेको छ । तिमीलाई लाग्छ होला, नौनी घ्यूको रोटी बनाएर खान सक्छु भन्ने । तर म तिम्रै प्रेममा बा“चिरहेको यात्री भए पनि तिम्रो इच्छा कहिल्यै पूरा हु“दैन भन्नेमा विश्वस्त छु ।चन्द्रमालाई मात्रै होइन तिमीले सक्छौं भने मध्यरातमा सिरूको पातमा पर्ने शीतलाई माया गरी जून घामको झुल्को स“गै जमिनमा लछारिन पुग्छ र आफ्नो अस्तित्व गुमाउ“छ । हरेक दिन रातमा आउने चन्द्रमाको खेलमा धेरै लागेका हुन्छन् । मानिस भएपछि बेग्लै रूप भएर निस्कन सक्नुपर्छ ।यदि तिमी त्यसै गरेर बाहिर आउन चाहन्छौं भने बदल तिम्रा रूपहरू, अनि परिवर्तन गर तिम्रा बोलीहरू, लवजहरू । यतिकै रोक घमण्डका ती पाइलाहरू । तिमीले त देखेको हौला नि सडकमा हिड्ने खाते बच्चाहरूको हालत कस्तो हुन्छ भनेर । सक्छौं भने माया गर ती फोहोर हातहरूलाई जुन हातले कुनै प्रणालीलाई निश्वार्थ बचाएको छ, कुनै प्राणीको भलो चिताएको छ । यदि खातेहरूलाई माया दिन सक्छ्यौ भने म तिम्रो साथमा रहिरहनेछु तिम्रो हातमाथि हात राख्नका लागि ।तिमीलाई थाहा छ, मलाई समाजको कुसंस्कारको कालो धब्बा, तिरस्कार, बन्धन, घमण्ड, झुटको खेती मन पर्दैन भनेर । सानो छ“दा एउटै चम्चाले जाउलो खाएका हामीहरू आखिर किन यति टाढा हुन पुग्यौं । म केवल तिमीलाई दोष दिन चाहन्न सुधा । दोष मेरो पनि थियो । तिमीलाई सही बाटोमा ल्याउन कुनै पहल गरिन“ । ठिकै छ, यो जीवन कति लामो छ भन्ने थाहा छैन, तैपनि खुसी रहनुपर्छ भन्ने मेरो तीब्र इच्छा छ ।आज ‘भ्यालेन्टाइन डे’ । तिमीलाई यसै प्रेमपत्र मार्फत् फेरि प्रेम प्रस्ताव राख्न चाहन्छु । किनकी तिमी केही सुधारिएर मेरो अपेक्षा अनुरूप भएर आउनेछौं र अरूलाई पनि नया“ बाटोमा ल्याउन पहल गर्नेछौं । अन्त्यमा तिमीले सधै खुसी जीवन जीउनु ‘भ्यालेन्टाइन डे’ को शुभमाना ..............................।बिरानो गा“उबाट तिम्रो प्रिय लक्ष्मण ।