Saturday, February 27, 2010

आर्मीले चुम्यो भलिबल उपाधी



आर्मीले चुम्यो भलिबल उपाधी
लक्ष्मण पोखरेल
बुटवल, फागुन १५ । बुटवलमा सञ्चालित वेष्टर्न कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । हजारौं दर्शकहरुको माझमा शनिबार भएको खेलमा नेपाल प्रहरीलाई हराउ“दै आर्मीले उपाधि हात पारेको हो ।लामो समयदेखि प्रहरीले कब्जा जमाउ“दै आएको भलिबल खेल बुटवलको खेलस“गै आर्मीको हातमा पुगेको छ । उत्कृष्ट टिम मानिएको प्रहरीले फाइनल खेलमा खराब प्रदर्शन गरेको थियो । फाइनल खेलमा आर्मीले प्रहरीलाई ३—० को सोझो सेटले हराएको छ । प्रहरीलाई १७—२५, १४—२५ र २२—२५ को अन्तरले आर्मीले हराएको थियो । प्रहरीले खेल अवधिभर एक पटक मात्र अग्रता कायम गर्न सफल भयो । जित स“गै आर्मीले वेष्टर्न कप सहित ५० हजार हात पारेको छ । त्यस्तै प्रहरीले दोस्रो पुरस्कार ३० हजार पाएको छ । त्यसअघि भएको तेस्रो स्थानको खेलमा पश्चिमाञ्चल विकास क्षेत्र विजयी भएको छ । सशस्त्र प्रहरीलाई ३—० को सोझो सेटले हराउ“दै पश्चिमाञ्चल विजयी बनेको हो । पश्चिमाञ्चलले सशस्त्रका विरुद्धमा अन्तरको सेट तयार पारेको थियो । तेस्रो स्थानस“गै पश्चिमाञ्चलले २० हजार रुपैया“ हात पारेको छ । नेपाल आर्मी र नेपाल प्रहरीबाट पराजित भई सशस्त्र र पश्चिमाञ्चल तेस्रो स्थानका लागि भिडेका थिए ।विजयी टिम नेपाल आर्मीले पहिलो खेलमा सशस्त्र प्रहरी, सुदूर पश्चिमाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चललाई पछि पार्दै फाइनलका लागि मैदानमा पुगेको थियो । त्यस्तै प्रहरीले मध्यपश्चिमाञ्चल, पूर्वाञ्चल, पश्चिमाञ्चल र सशस्त्र प्रहरीलाई हराउ“दै फाइनलमा प्रवेश पाएको थियो ।शनिबारको फाइनल खेलमा नेपाल आर्मीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दर्शकहरुको उत्कृष्ट समर्थन स“गै सेनाका दिपक खड्काले कसिलो प्रहार शनिबारको खेलमा गरेका थिए । सेनाकै कुमार रानाको उत्कृष्ट खेलले सेनालाई विजयी बनाउन सफल बनाएको थियो । उता, प्रहरीका उत्कृष्ट सटर इम रानाले आर्मीलाई कसिलो प्रहार देखाउन सकेनन् ।गत मंगलबारदेखि भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाली सेनामा दिपबहादुर खड्का भएका छन् । त्यस्तै सेन्टर तर्फ सेनाकै कुमार राना र वेष्ट इस्पाइटर प्रहरीकाइम राना भएका छन् ।प्रतियोगितामा पा“च विकास क्षेत्र तथा तीन विभागीय टिमस“गै ८ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच विजयी टिमलाई शनिबारै कप तथा नगद पुरस्कार प्रदान गरिएको छ । स्थानीय विकास अधिकारी ताराबहादुर कार्की तथा मेला संयोजक टंकप्रसाद पोखरेलले संयुक्त रुपमा प्रदान गर्नुभयो ।मेलामा शनिबार अहिले सम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । व्यवस्थापन फितलो भएपछि प्रहरीलाई भिड थाम्न हम्य हम्य परेको थियो । फाइनल खेल सकिए लगत्तै मैदानमै ढुंगा हानाहान समेत भएको छ । हानाहानका एक महिला सहित दुईजना घाइते भएका थिए ।

No comments:

Post a Comment