सहमतिका आधारमा लडाकुको समायोजनः प्रधानमन्त्री
बुटवल ,माघ २२ । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुको समायोजन र पूनः स्थापना राजनीतिक सहमतिका आधारमा हुने स्पष्ट पार्नुभएको छ ।उहा“ले संविधान जारी हुनुपूर्व नै सेना समायोजन हुने बताउनुभयो । ‘माओवादी लडाकुको समायोजन र पुनः स्थापना सहमतिका आधारमा हुन्छ,’ प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘ कति संख्यामा समायोजन र कति संख्यामा पुनः स्थापना गर्ने भन्ने कुराको टुड्डो दलीय सहमतिका आधारमा हुनेछ ।’ । प्रेस चौतारी नेपालको छैठौ राष्ट्रिय अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले माओवादी लडाकुको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो । माओवादी लडाकुलाई विशेष समितिअन्तर्गत ल्याउने प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले यसमा सघाउन एकीकृत नेकपा माओवादीलाई आग्रहसमेत गर्नुभयो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले सबै दल संकीर्ण राजनीतिबाट माथि उठे समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘जेठ १४ गतेसम्म संविधान जारी हुन्छ,’ प्रधानमन्त्री नेपालले अगाडि थप्नुभयो, ‘ तर यसका लागि राजनीतिक प्रतिवद्धता र सामूहिक सहकार्य आवश्यक छ ।’ दलहरूबीचको एकता र सहकार्यमा पटक— पटक जोड दिनुभएका प्रधानमन्त्री नेपालले माओवादीलाई नागरिक पार्टीको रूपमा रूपान्तरण हुनसमेत आग्रह गर्नुभयो । ‘ लडाकु राखेर कुनै पार्टी पनि बलियो हु“दैन,’ उहा“ले भन्नुभयो, ‘बन्दुकको मोहबाट सबै टाढा रहनुपर्छ ।’ वर्तमान सरकार प्रक्रियागत ढंगबाट बनेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले प्रक्रियागत ढंगबाट नया“ सरकार बन्न सक्ने बताउनुभयो । ‘यो सरकार कसैलाई मन परेको छैन भने प्रक्रियागत ढंगले अघि बढ्न सकिन्छ,’ उहा“ले भन्नुभयो ।प्रक्रियागतबाहेक अन्य ढंगले सरकार बनाउन खोजिए त्यसल देशको राजनीति बिग्रने र जटिलता ल्याउने उहा“को भनाइ छ । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताप्राप्तिको जालो रच्नका लागि प्रचण्डले उच्चस्तरीय संयन्त्रको खेल खेलेको आरोप लगाउनुभयो । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनातको आन्दोलनबाट केही गर्न नसकेपछि प्रचण्डले सत्ता प्राप्त गर्ने अर्को पुल निर्माण गरेको प्रष्ट पार्नुभयो । ‘संयन्त्र प्रचण्डको सत्ता प्राप्तिको खेल हो, यसले केही गर्न सक्दैन’ , उहा“ले भन्नुभयो । माओवादीको अराजकताको विरूद्धमा सम्पूर्ण दलहरू लागेर व्यवहारमा परिवर्तन गराउन जरूरी रहेको उहा“ले बताउनुभयो । संघीयता जवर्जस्ती लादिएको बताउ“दै उहा“ले यसले मुलुकलाई खाल्डोमा पार्ने ठोकुवा गर्नुभयो । एकीकृत सामन्त व्यवस्थाका अन्त्य मात्रै अहिले आवश्यकता र संघियता आवश्यक नभएको बताउनुभयो । एमालेका महासचिव ईश्वर पोखरेलले जनताको जनइच्छा र अँन्दोलनको उपलब्धीलाई पूरा गर्न सहमतिको विकल्प नभएको बताउनुभयो । जनताका उपलब्धी खोसिएको बताउ“दै उहा“ले देशलाई बचाउने सहमति चाहिएको धारणा राख्नुभयो । उहा“ले याचना गर्ने सहमति एमालेलाई स्वीकार नहुनेसमेत स्पष्ट पार्नुभयो । पत्रकार महासंघका अध्यक्ष्ँ धमेन्द्र झाले संविधान नबनेसम्म जनतालाई बलिया हुन नसक्ने तर्क राख्दै दललाई समयमै संविधान निर्माण गर्नका लागि सचेत हुन आग्रह गर्नुभयो । पत्रकारहरूले डरमा कलम चलाउनुपर्ने बाध्यता अझै पनि हट्न नसकेको प्रति निराशा प्रकट गर्र्दै उहा“ले अब बन्ने संविधानमा प्रेस स्वतन्त्रातको ग्यारेण्टी हुनुपर्ने बताउनुभयो । पत्रकारहरू राजनीति घेराबन्दीबाट पछि हट्नुपर्ने र संगठनमा लागेपछि आफ्नो दललाई खबरदारी गर्न सक्नुपर्ने भनाइ राख्नुभयो ।एमालेका सचिव विष्णु पौडेलले पत्रकारहरूले पार्टी पत्रकारिता गर्नु व्यर्थ रहेको टिप्पणी गर्नुभयो । व्यावसायिक रूपमा आफ्नो भूमिका निभाउनु पहिलो दायित्व भएको भन्दै उहा“ले राष्ट्रको समृद्धि र विकासका लागि कलम चलाउनुपर्ने सुझाव दिनुभयो । एमालेका पोलिटव्यूरो सदस्य प्रदिप नेपालले संविधान समयमै निर्माण हुन सके जनताको भावना समेट्न सकिने बताउनुभयो । प्रेस चौतारीका संस्थापक विष्णु चालिसेले आफ्नो मर्यादालाई बिर्सेर क्ष्ँणिक चर्चाका लागि पत्रकारले समाचार संकलन गर्न नहुने बताउनुभयो । कार्यक्रममा छापा माध्यम राष्ट्रिय सञ्जालका देवप्रकाश त्रिपाठी , चौतारीका केन्द्रिय सदस्य शम्भु श्रेष्ठ, गगन विष्ट लगायतले बोल्नुभएको थियो । कार्यक्रमपूर्व बुटवलमा शान्ति प्रभात¥याली निकालिएको थियो । ¥यालीको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । राजमार्गबाट सूरू भएको ¥याली कार्यक्रमस्थल कान्ति सभागृहमा पुगी समापन भएको थियो । दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नया“ नेतृत्वको चयन गर्ने छ । अधिवेशनमा मुलुकभरका झण्डै पा“च सय प्रतिनिधि पर्यवेक्ष्ँक सहभागी छन् ।
Friday, February 5, 2010
प्रेस चौतारीको छैठौं राष्ट्रिय अधिबेशन शुरु
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment