Friday, January 29, 2010
पत्रकारको दैनिकी
तामनगरमा कोरियन टेक्निकल इन्स्टिच्युट
बुटवल, माघ १५ । तामनगरमा नेपाल कोरिया टेक्निकल इन्स्टिच्युटको भवन निर्माण शुरू गरिएको छ ।कोरिया सरकार तथा नेपाल सरकारको संयुक्त लगानीमा इन्स्टिच्युट निर्माण गरिन लागिएको हो ।इन्स्टिच्युट भवनको प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । कोरियास्थित कोइका कम्पनीको आर्थिक सहयोगमा इन्स्टिच्युट बन्न लागेको छ । कम्पनीले सो स्थानमा भवन निर्माणका लागि ५० लाख अमेरिकी डलर अर्थात् साढे ३६ करोड रकम सहयोग गरेको छ ।कोरिया सरकार र नेपाल सरकारबीच ५ सेप्टेम्बर २००८ मा भएको सम्झौताअनुरूप टेक्निकल इन्स्टिच्युटको भवन निर्माण शुरू गरिएको हो । भवन १८ महिनामा पूरा हुनेछ ।बुटवल नगरपालिका १४ तामनगरमा रहेको ९ विगाहा १६ कट्टा जमिनमा प्राविधिक शिक्ष्ाँलयको भवन निर्माण हुनेछ । सन् २०१२ को प्रारम्भस“गै शिक्षालयमा सिटिइभिटीअन्तर्गत मेकानिक्स इन्जिनियरिड्ड ,अटोमोबाइल इन्जिनियरिड्ड , इलेक्ट्रिक इन्जिनियरिड्ड विषयमा पठनपाठन हुनेछ। तीन वर्ष डिप्लोमा तहसम्म सिटिइभिटी अन्तर्गतका पाठ्यक्रम शिक्ष्ाँलयमा पढाइने बताइएको छ ।साथै तीन वर्ष पाठ्यक्रममाबाहेक रोजगारीमूलक तालिमसमेत इन्स्टिच्युटमा सञ्चालन हुनेछ ।हरेक सिफ्टमा ४८ जना विद्यार्थीले पढ्न पाउने व्यवस्था रहने छ ।इन्स्टिच्युटमा पढ्ने विद्यार्थीहरू रोजगारीका लागि कोरियासमेत जान पाउने छन् । रोजगारीमूलक शिक्ष्ाँको अभाव खड्किरहेको अवस्थामा यसले यस क्ष्ँेत्रमा मुख्य टेवा पुग्ने अपेक्ष्ाँ लिइएको छ ।योजना निर्माणका लागि बुटवल नगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग पु¥याएको थियो । झण्डै ८ करोड नेपाल सरकारको लगानी इन्स्टिच्युटमा रहनेछ । सन् २०१२ मा कोरिया सरकारले योजना पूरा गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।नेपालमा हाल २१ वटा आड्डिक प्राविधिक शिक्ष्ाँलयहरू रहेका छन् भने ३ सय ४७ वटा निजी क्ष्ँेत्रका शिक्ष्ँँलयहरू रहेका छन् । प्रशस्त मात्रामा प्राविधिक शिक्ष्ाँलय भए पनि महड्डो र सर्वसुलभ नभएकाले २५ प्रतिशत जनशक्ति पनि उत्पादन गर्न नसकेको अवस्था नेपालमा रहेको छ ।तामनगरको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युट शम्भु कन्ट्रक्सनले निर्माण गरिरहेको छ ।
Wednesday, January 27, 2010
गोलभेडा खेतीबाट राम्रो आम्दानी

– एक बोट १४ किलो गोलभेडा
लक्ष्मण पोखरेल
देवदह (रुपन्देही) माघ १३। व्यवसायिक रुपमा गोलभेडा खेती गरेर देवदह–१, खैरेनीका खिमप्रसाद पाण्डेले मनग्य आम्दानी गरेका छन् । दुई वर्षदेखि गोलभेडा खेती शुरु गरेका उनले अहिले खेतीलाई व्यवसायकै रुपमै विस्तार गरेका छन् । ‘अरुको देखेर नै व्यवसायिक खेती गर्ने प्रेरणा मिलेको हो’, उनले संवाददातास“ग भने ‘व्यवसायिक खेती गर्न सक्ने अरु केही गर्न पर्दैन ।’ उनले हालै गोलभेडाबाट मात्रै बार्षिक झण्डै ७० हजार रुपैया “ आम्दानी गर्दछन् । रोजगारी नपाएर शिक्षित युवाहरु भौतारिनु परिरहेको अवस्थामा उनले युवाहरुलाई पनि व्यवसायिक तरकारी खेती तथा पशुपालन गर्न आग्रह गर्दछन् । अहिले र उनले झण्डै दुई कट्टा जमिनमा गोलभेडा खेती गरेका छन् । आफ्नै घरमा प्राङगारिक मल उत्पादन गरी खेती गर्न उनले आफू खेतिबाट सन्तुष्ट रहेको बताउ“छन् । ‘म सन्तुष्ट नै छु, आफ्नै खेतमा तरकारी लगाएर विदेशमा जानेले भन्दा पनि बढी आम्दानी गरेको छु’ उनी भन्छन् ।उनको खेतमा गोलभेडा मात्रै नभएर ब्रोकाउली बन्दा पनि रहेका छन् । स्थानीय बजारमै आफ्ना उत्पादन खपत हुने उनी बताउ“छन् । बन्दा र ब्रोकाउली बढी नलगाए पनि उनको खेतमा गोलभेडा भने रमिता नै हेर्ने जस्तो छ । अचम्म लाग्दो त अझै के छ भने उनको एक बोटमा झण्डै १४ किलोसम्म गोलभेडा फल्छ । ‘खै मैले अझै सम्म रासायनिक मल राखेको छैन, तव पनि राम्रै उत्पादन भएको छ ।’ ‘उनी अगाडि थप्छन् रासायनिक मल त भन्नु मात्रै हो ।’खेतमा ७ सय वटा गोलभेडा विरुवा उनले लगाएका छन् । ७ सय विरुवाबाट ५० क्विन्टलसम्म गोलभेडा फल्ने गर्दछ । आफूले अहिले सम्म कुनै विषादी तरकारीमा प्रयाृग नगरेको ठोकुवा गर्दै उनी भन्छन् ‘मान्छेले चाहे जस्तो सुकै काम गरेपनि सफलता मिल्ने रहेछ ।’दुई वर्ष अघिसम्म व्यवसायिक रुपमा उन्नत गाई पालन गरेर राम्रो आम्दानी गर्दै आएका कृषक पाण्डेले पशुपालनलाई कमी गर्दै तरकारी खेती शुरु गरेका हुन् । उनले उन्नत गाईपालनबाट पनि दैनिक ७० लिटरसम्म दुग्ध बिक्री गर्दै आएका थिए । विभिन्न कृषक समूह तथा सहकारीमा सदस्य समेत रहेका उनले वैज्ञानिक तरिकाले खेती गरे असम्भव केही नभएको बताउ“छन् । कृषकलाई हेरिने हेय दृष्टिकोणले पनि कृषि क्षेत्र पछाडि परेको बताउ“दै उनी भन्छन्‘ पढेका युवायुवतीहरुले वैज्ञानिक तरिकाले खेती गरे अरु केही गर्नुपर्दैन ।’ उनी युवाहरुलाई अरुले गरेको खेती हेरेर आहा कति राम्रो भन्नु भन्दै आफै उत्पादन गरेर देखाउन सुझाव दिन्छन् । उनले आफूले उत्पादन गरेका गोलभेडा, ब्रोकाउली, बन्दा गोवी बुटवलमा सञ्चालित कृषि मेलामा प्रर्दशनका लागि ल्याएका छन् । ‘प्रदर्शन गर्नका लागि यहा“सम्म ल्याएको छु’ उनले संवाददातास“ग भने ‘यसले केही प्रेरणा प्रदान गरी कृषि क्ष्ँेत्रको विकास गर्न सक्छ ।’
Tuesday, January 26, 2010
महङ्गी एक वर्षमै दोब्बर
लक्ष्मण पोखरेल
बुटवल , माघ । पछिल्लो एक वर्षमै बजार मूल्य झण्डै दोब्बर भएको छ ।बन्द हड्ताल कालोबजारीलगायतका कारणले गर्दा मूल्य वृद्धि दोब्बर भएको हो । अन्य वस्तुको तुलनामा खाद्यान्नको मूल्य अत्यधिक बढेको छ । उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्ताहरू मर्कामा परका छन् । निम्न परिवारहरूलाई दैनिक गुजारा टार्नसमेत असहज भएको छ ।गत वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बर मूल्य वृद्धि भएको छ ।चिनी, चामल , नुनलगायत खाद्यान्न पदार्थको मूल्य एक्कासी चुलिएको हो । राष्ट्रबैंकका अनुसार यसवर्ष खाद्यान्नमा झण्डै १८ प्रतिशत मूल्य वृद्धि भएको छ ।यो गतवर्षको तुलनामा झण्डै दोब्बर हो । औसत मूल्य वृद्धि १३ दशमलव २ प्रतिशत भए पनि खाद्यान्नको मूल्य अत्यधिक बढी छ ।मूल्य बढ्नुको मख्य कारण तत्व राजनीतिक आस्थिरता भएको राष्ट्रबैक अनुसन्धान विभाग उपभोक्ता मूल्य सूचकाड्ड परियोजना उपनिर्देशक डिलाराम सुवेदी बताउनुहुन्छ ।‘मूख्य त बन्द र हड्ताल नै मूल्य बढ्नुको कारक तत्व हो ।’ सुवेदीभन्नु हुन्छ ,‘यसको मूल्य समेत उपभोक्ताले तिर्नुपरेको छ ।’ यही असहज परिस्थिति कायम रहिरहे आर्थिक अवस्थामा गम्भीर संकट आउनसक्ने तर्क उहा“ राख्नुहुन्छ ।व्यापारीहरूको कालो बजारीसमेत मूल्य वृद्धिको अर्को कारक तत्व रहेको स्वयम् व्यापारी नै स्वीकार गर्दछन् । राजनीतिक आस्थिरताको फाइदा उठाउ“दै सामान लुकाउने प्रवृत्तिले गर्दा उपभोक्ता मर्कामा परेको व्यवसायीको भनाइ छ । यसको नियन्त्रणका लागि सरकार समयमै सचेत हुनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष्ँ शंकर श्रेष्ठ बताउनुहुन्छ ।‘यस्तो प्रकारले गरिने अप्राकृतिक व्यापारले नै बजारलाई तहसनहस पारेको छ’ उहा“को कथन छ ।कालोबजारीलाई जतिसक्दो कारवाही गर्न सरकार पछि हट्न नहुने उहा“ बताउनुहुन्छ ।‘कालोबजारीले नै यस्तो असहजता ल्याएको छ , नियन्त्रण गर्न सबै लाग्नुपर्छ ’ उहा“को भनाइ छ ।मूल्य वृद्धि हुनुमा इन्धन तथा बढ्दै गएको लोडसेडिड्डको पनि मुख्य भू्मिका रहेको अर्थ विज्ञहरू बताउ“छन् । विभिन्न कारणले हुने मूल्य वृद्धिको मारमा भने उपभोक्ता पर्दै आएका छन् । गतवर्षको तुलनामा दोब्बर मूल्य बृद्धि हु“दासमेत सरकार मौन बसेको देख्दा उपभोक्ता आक्रोशित छन् । सरकारको बेवास्ताकै कारण उपभोक्ता गासबाट बन्चित हुनुपर्ने अवस्था श्रृजना भएको शिक्ष्ँक रामराज भट्टराई बताउनुहुन्छ । कृषकले उत्पादन गरको वस्तुको मूल्य सधै न्युन गतिमा बढ्ने तर त्यही बस्तु कृृषकले नै किन्दा बढी मूल्य चुकाउनुपर्ने अवस्था व्यवसायीको खराब आचरणका कारण आएको अर्थ विज्ञहरू बताउ“छन् । अत्याधिक मूल्य वृद्धि भएको चिनी गतवर्षको तुलनामा झण्डै दोब्बर छ । प्रतिकेजी ४३ रूपैया“मा गतवर्र्ष बिक्री भएको चिनी अहिले ८०देखि ८३ रूपैया“सम्म पुगेको छ भने सोही अनुपातमा चामल ,तेल लगायतका उपभोग्य बस्तु बढ्ेको छ । नुनको मूल्य समेत प्रतिकेजी झण्डै ५ रूपैया“ बृद्धि भएको छ । राष्ट्रबैकको तथ्याड्ढ अनुसार २०६१ मा ४ दशमलव ५ प्रतिशत रहेको मूल्य बृद्धि ६६ मा झण्डै १४ प्रतिशतमा पुगेको छ ।आर्थिक बर्ष ६४।६५ मा मूल्य बृद्धि ७ दशमलव ७ प्रतिशत रहेको थियो । अहिले रहेको मूल्यवृद्धि झण्डै दोब्बर हो ।
कुष्ठरोग निवारण घोषणा कागजी औपचारिकतामात्रै’
‘
रूपन्देहीमा १ सय ३ जना कुष्ठप्रभावित
लक्ष्मण पोखरेल
बुटवल, माघ ४ । सरकारले नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि स्वयम् कुष्ठ प्रभावित तथा त्यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले असन्तुष्टि जनाएका छन् । सरकारले कागजी औपचारिकताका लागि निवारणको घोषणा गरेको भन्दै त्यसलाई मान्न बाध्यता बनाइएको उनीहरूले बताए । सरकारले अभियान थालिएको ४६ वर्षपछि मंगलबारबाट नेपालमा कुष्ठरोग निवरण घोषणा गरको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति दशहजार जनसंख्यामा एक जनाभन्दा कम व्यक्ति कुष्ठप्रभावित देखिएको भन्दै सरकारले कुष्ठ निवारण घोषणा गरको हो । स्वास्थ्य मन्त्रालयको रिपोर्टमा प्र्रति दश हजारमा शून्य दशमलव ८ जना कुष्ठप्रभावित रहेको उल्लेख छ । मन्त्रालयले घोषणा गरे पनि मधेशी जिल्लाहरूमा अझै पनि ८० प्रतिशत प्रभावित रहेका छन् । रूपन्देहीमा मात्रै प्रति दशहजार जनसंख्यामा एक दशमलव ५ प्रतिशत कुष्ठप्रभावित व्यक्तिहरू छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको तथ्याड्ढअनुसार हाल रूपन्देहीमा १ सय ३ जना कुष्ठप्रभावित व्यक्ति रहेका छन् । गतवर्ष प्रतिहजार जनसंख्यामा २ दशमलव १३ प्रतिशत कुष्ठप्रभावित थिए । सरकारले निवारण घोषणा गरे पनि कुष्ठप्रभावित र संघ संस्था भने असन्तुष्ट रहेका छन् । ‘यो त कागजी रूप दिनका लागि मात्रै गरिएको हो,’ कुष्ठरोग निवारणको क्ष्ँेत्रमा काम गर्दै आइरहेको संस्था आइडिया नेपालकी उपाध्यक्ष्ँ तथा नेपाल प्रतिनिधि पार्वती ओलीले मेचीकालीस“ग भन्नुभयो, ‘ सरकारको घोषणामा हामी असन्तुष्ट छौ । ’ सरकारले कुष्ठरोग निवारण घोषणा गर्नुको सट्टा कुष्ठप्रभावित संख्या घटाउने अभियान थाल्नुपर्ने उहा“ले सुझाव दिनुभयो ।समाजमा कुष्ठप्रभावितलाई दोस्रो दर्जाको रूपमा हेर्ने कुसंस्कार हटिनसकेको बताउ“दै उहा“ले समाजको डरले दबिएर बसेका कुष्ठप्रभावितलाई खुलेर आउने वातावरण मिलाउनु सरकारको दायित्व भएको बताउनुभयो । ‘अहिले नै निवारण घोषणा गर्ने समय आएको छैन ।कागजी मात्रै हैन, प्राक्टिकल तयारीसमेत पूरा हुनुपर्छ,’ उहा“ले भन्नुभयो । ओली कुष्ठ प्रभावित हुनुहुन्छ । विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वबाटै कुष्ठरोग उन्मूलन गर्ने घोषणा गरे पनि नेपालमा गरिएको थिएन । सरकारले चारपटकको असफलतापछि अहिले निवारण घोषणा गरे पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।सरकारको घोषणाबाट कुष्ठप्रभावित पनि असन्तुष्ट छन् । ‘घोषणा गरेर मात्र ह“ुदैन, ’ रूपन्देही देवदहकी कुष्ठप्रभावित सरस्वती न्यौपानेले भन्नुभयो ‘सरकारले घोषणा गरेजस्तो व्यवहारमा छैन , झन् दिनप्रतिदिन कुष्ठरोगी भेटिदै गएका छन् । ’ समाजको उपेक्षित व्यवहारको कारण बाहिर खुल्न नसकेका अधिकांश कुष्ठरोगी रहेका छन् । जनस्वास्थ्य कार्यालयका क्ष्ँय ÷कुष्ठरोग सुपरभाइजर टिकाराम अधिकारीले रूपन्देहीमा केही खुल्न नसकेका प्रभावितहरू समेत रहेको बताउनुभयो । रूपन्देहीका देवदह, खुदाबगर, मक्रहर, गंगोलिया, करहिया, टिकुलीगढ, रूद्रपुर लगायतका गाविसमा कुष्ठप्रभावितको संख्या बढी रहेको छ । अशिक्ष्ाँ, बसाइ“सराइ“ र समाजको हीनतापूर्ण सोचाइका कारण सो क्ष्ँेत्रमा बढी प्रभावित देखिएको अधिकारीको भनाइ छ । निकै ढिलो यो रोग सर्ने गर्दछ भने ९५ प्रतिशतलाई यो रोग लाग्ने सम्भावना निकै कम हुने जनस्वाथ्यको भनाइ छ । संक्रमण भएको २ देखि ५ वर्षमा बल्ल देखा पर्ने यो रोग सर्ने र नसर्ने गरी दुई किसिमको हुने गर्दछ । निवारण घोषणा गर्नका लागि सरकारले कुष्ठप्रभावितप्रति गरिने सामाजिक र मानसिक धारणालाई परिवर्तन गर्नु अनिवार्य रहको आइडिया नेपालकी उपाध्यक्ष्ँ ओलीको भनाइ छ । कुष्ठरोग गराउने किटाणु माइक्रोव्याक्टेरिया घट्दै जाने र सर्ने सम्भावना कम भएपछि सरकारले निवारण घोषणा गरेको जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४ सय ४५ जना उपचारका क्रममा रहेका छन् । ब्रेकर रूपन्देहीमा अत्यधिक प्रभावित बुटवल , माघ ५ । यस क्ष्ँेत्रमा कुष्ठप्रभावितको संख्या आत्यधिक रहेको छ । रूपन्देही , नवलपरासी तथा कपिलबस्तु जिल्लामा प्रति दशहजारमा एक प्रतिशतभन्दा बढी रहेको छ ।रूपन्देहीमा पछिल्लो तथ्याड्ढअनुसार १ दशमलव २७ प्रतिशत कुष्ठप्रभावित रहेका छन् । यो उपचारमा रहेकाको संख्या मात्रै हो । त्यस्तै नवलपरासीमा पछिल्लो तथ्याड्ढअनुसार १ दशमलव २ प्रतिशत रहेको छ । कपिलबस्तुमा प्रति दशहजार १ दशमलव ३ प्रतिशत कुष्ठप्रभावित संख्या रहेको छ ।नेपालको प्रति दशहजार जनसंख्यामा शून्य दशमलव ८९ प्रतिशत संख्या रहेको भन्दै सरकारले निवारण घोषणा गरेको हो । आइडिया नेपालको पछिल्लो तथ्याड्ढअनुसार सबैभन्दा बढी रूपन्देही कुष्ठप्रभावित रहेका छन् ।
Friday, January 22, 2010
माओवादी आमहड्ताल स्थगित
Tuesday, January 19, 2010
गजल
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
Laxman sudha
butwal



