नेपालकै अग्लो शिव ज्योतिलिड्ड
२ करोडको लागतमा सत्सड्ड भवन
लक्ष्मण पोखरेल
२ करोडको लागतमा सत्सड्ड भवन
लक्ष्मण पोखरेल
बुटवल, माघ २५ । बुटवल – १४, नया“गाउ“ स्थित मुक्तिनाथ घाममा लुम्बिनी अञ्चलकै नमुनाको रुपमा मुक्तिनाथ बाबाको मन्दिर बन्दैछ । कलात्मक नमुना मन्दिर झण्डै ८० लाखको लागतमा बन्न लागेको हो । ‘भगवानका लागि दान गरे आत्म सन्तुष्टि मिल्छ’ भन्दै बुटवल –११, मिलनचोक निवासी धनकुमारी श्रेष्ठ ‘पुर्कोट्नी’ लगायत श्रेष्ठ परिवारले मन्दिर बनाउन सहयोग गरेका हुन् । काठमाडांैमा यस्ता किसिमका मन्दिरहरु भएपनि चार ढोका भएको कलात्मक मन्दिर यस क्ष्ँेत्रमै पहिलो हो । विष्णुका विभिन्न ५२ वटा टु“डाल कुदिएको, तामाको छाना तथा पितलको गजुरमा सुनको लेप लगाउने योजना रहेको मन्दिर भक्तपूरका कालिगढहरुले निर्माण गरिरह्का छन् । यो मन्दिरको ढोका काठमाडौको मछिन्द्रनाथ मन्दिरको ढोकास“ग मिल्दो रहेको छ ।‘मछिन्द्रानाथको ढोकास“गै मिल्दो चारवटा कुदिएको ढोका राखेका छौ,’ मन्दिरको निर्देशन गरिरहेका निर्देशक डा. कर्णबहादुर श्रेष्ठले भने ‘भक्तपुरका कालिगढ र भक्तपूरकै इट्टा तथा कुदिएका भगवानका टु“डालहरु सुरहरुमा हुनेछन् ।’ उनी दान गर्ने क्ष्ँेष्ठ परिवार मध्येका एक हुन् । १५ लाखदान गरेर मन्दिर निर्माण गर्न शुरु गरेको श्रेष्ठ परिवारले मन्दिर निर्मँणको सबै लागत खर्च बेहोर्ने छन् । सो स्थानमा बन्ने विभिन्न मन्दिरको तुलनामा यो मन्दिर सबैभन्दा महगो र आकर्षक बन्ने छ । ‘आत्म सन्तुष्टी र वैकुण्ठ बासको प्राथना गर्देै मन्दिर बनाउन लागेका हौ’ दानविर डा.श्रेष्ठले भने । तीनवर्ष अधिदेखि निर्माण शुरु गरिएको मुक्तिनाथ घाम धार्मिक स्थलका रुपमा विकासित हु“दै गएको छ । मुस्ताड्डमा रहेको मुक्तिनाथ मन्दिरबाट जल ल्याई बुटवल–१४, नया“गाउ“मा हेलिकप्टरबाट सेचन गराई स्थान पवित्र पारी मन्दिर निर्माण शुरु गरिएको थियो । गुरुयोजना निर्माण गरी विस्तार गरिन लागिएको सो स्थानमा विभिन्न मन्दिर, सत्सड्ड हल निर्माण गरिदै छ ।नेपालकै सबैभन्दा अग्लो २७ फिटको शिव ज्योर्तिलिड्ड पनि मुक्तिनाथ घाममा निर्माण हु“दैछ । ज्योतिलिड्ड निर्माण लागत दानबिर मेग बहादुर सापकोटाले प्रदान गर्ने छन् । त्यस्तै ४ लाखको लागतमा दीप मन्दिर निर्माण पनि भइरहेको छ । मन्दिरहरु निर्मँणका लागि विभिन्न दानविरहरुले दान गरिरहेको मुक्तिनाथ विकास ट्रष्टका अध्यक्ष्ँ डिल्लीप्रसाद आचार्यले बताए । धाममा यज्ञशाला निर्माणका लागि टेकबहादुर बुढाथोकीले झण्डै साढे २ लाख प्रदान गरेका छन् । अखण्ड धान्याञ्चल निर्माणका लागि लालबहादुर क्षेत्रीले १ लाख प्रदान गरेको ट्रष्टको भनाई छ । त्यस्तै धाममा निर्माण भएका १ सय ८ धारा निर्माणका लागि देविप्रसाद सापकोटाले ७ लाख ७७ हजार रुपैया“दान गरेका छन् । मुक्तिनाथ मुस्ताड्डको झझल्को यहि नै गराउने उद्देश्य सहित विभिन्न मन्दिरहरु निर्माण गरिएका हुन । धाममा गणेश, हनुमानको मन्दिर लगायत विभिन्न मुर्तिहरु निर्माणधिन रहेका छन् ।विभिन्न प्रयोजनका लागि २ करोडको लागतमा ४ तलाको सत्संग भवन समेत निर्माणाधिन रहेको छ । ‘ग्राउण्ड फ्लोर निर्माण सकियो, अब दुई बर्ष भित्र सबेै पुरा गर्छाै’ ट्रष्टका अध्यक्ष्ँ आचार्यले भने । चार तले भवनामा प्रवचन, मेडिटेसन हल, सचिवालय, सन्तहरुको निवास, तिर्थयात्रीको निवास, जेष्ट नागरिक उपचार कक्ष्ँ, आवास , महिला स्वास्थ्य चेकजाच कक्ष्ँ आदि रहने छन् । हरेक वर्ष गरिने महायज्ञबाट भवन निर्माणको लागत पु¥याउने ट्रष्टको भनाई छ ।ट्रष्टले धार्मिक क्ष्ँेत्रको रुपमा स्थापना गर्न २०६४ सालमा पहिलो महायज्ञ गरेको थियो । नेपालकै नमूनाको रुपमा निर्माण गरी मुक्तिनाथको भ्रमण यसै स्थानबाट गराइने लक्ष्य रहेको ट्रष्टका संरक्ष्ँक लोकानन्द स्वामीले बताए ।मुस्ताड्डको मुक्तिनाथ जान नसक्ने असक्तहरुलाई नया“गाउ“मा मन्दिर निर्माण भएपछि ठूलो राहत मिल्ने अपेक्ष्ाँ गरिएको छ । धार्मिक स्थलहरु विस्थापित हु“दै गएको अवस्थामा नया“गाउ“मा खोतियोग्य जमिनलाई मासेर धार्मिक स्थल निर्माण गरिएको छ ।धामको विकास गर्नका लागि रिड्डरोड तथा मुक्तिघाट आदि निर्माण गरी अझ आर्कषण बनाउने गुरुयोजना अगाडि सारिएको छ । सो स्थानमा रहेका आमा समूह, युवा क्लवहरुले प्रत्यक्ष्ँ सहयोग पु¥याएको ट्रष्टको भनाइ छ ।

No comments:
Post a Comment