Sunday, February 7, 2010

एकैदिन वर्षभरिकै धेरै विवाह

लबारीमा मात्रै ३७ विवाह मण्डप
होटल क्याट्रिड्डलाई भ्याइ नभ्याइ
एक दिनमै दुइसय बस विवाहमा

लक्ष्मण पोखरेल
बुटवल ,माघ २४ । महिनाभरमै एकदिनमात्र शुभ लगन परेकाले आइतबार एकैदिन वर्षभरिकै धेरै विवाह भएका छन् । माध २४ गतेको दिनलाई विवाह कार्यका लागि अत्ति उत्तम र शुभ रहेको ज्योतिषहरुले ठहराएपछि एकैदिन धेरै विवाह भएका छन् । पुस महिनामा विवाह नुहने र माघ महिनामा पनि एकदिन मा शुभ लगन जुटेपछि सबैतिर विवाहको चहलपहल छाएको थियो । आइतबार बुटवल र आसपासका क्ष्ँेत्रमा मात्रै २ सयभन्दा धेरै विवाह भएका छन् । विवाहका ध्वजा पतकाले सजिएका र जन्तीले भरिएर सवारीसाधन विहानैदेखि सडकभरी गुडे । बुटवलको बसपार्कबाट मात्रै आइतबार विवाहका लागि करिब २ सय भन्दा बढी बसहरु रिजर्वमा गएका छन् । साना निजी नम्बरप्लेटका सवारीसाधनको पनि सयौको संख्यामा विवाहमा प्रयोग भएका देखिन्थे । यसैक्रममा विवाहको लागि प्रयोग हुने बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फुलबारीमा आइतबार एकैदिन ३७ विवाह भएका छन् । फुलवारीका सबै सेड, खुल्ला चउर सबैतिर विवाह कार्यमा जुटेकाहरुको धुइ“चो थियो ।फूलबारीमा मात्रै ३७ वटा विवाह भएका छन् । मणिमुकुन्द सेन उद्यँन पार्क (फूलवारी)मा कार्यरत कर्मचारी शुसिला न्यौपानेले विवाह, पिकनिक तथा अन्य शुभकार्यका सधै मानिसहरु आउने भएपनि फूलवारीमा आइतबार जस्तो भीड कहिल्यै नभएको बताइन् । ‘बाह् वर्षमा सबैभन्दा बढी भीड आज भएको छ ।’ संवादातालाई स“ग उनले भनिन् । ‘२०÷२५ वटा त भएका थिए तर यति धेरै चा“ही पहिलो पटक हो ।’फूलवारीमा विवाहका लागि आइतबार ३७ वटा स्टलहरु बुकिड्ड भएका थिए । फूलवारी स्थापना भएपछिकै यो सबै भन्दा बढी हो । विवाहको लगन हुने माघ महिनाको लगभग अन्तिम लगन भएर बढी भिड भएको फूलबारीका कार्यरत कर्मचारीहरु बताउ“छन् । बिवाहका लागि आएका जन्ती तथा अन्य आन्तरिक पर्यटकले फूलवारीमा आइतबार बस्ने ठाउ“सम्म सहज रुपमा पाउन सकेका थिएनन् । आइतबार मात्रै झण्डै ८ हजार मानिसहरुको फूलवारीमा घुइ“चो लागेको थियो । फूलवारीमा बिवाहका लागि काठमाडौ, नेपालगञ्ज,पोखरा, अर्घाखा“ची, पाल्पा, कपिलबस्तु लगायत रुपन्देही आसपासका जिल्लाका मानिसहरु आएका थिए । १० वटा स्टल, ३२ वटा फिल्ड र १ वटा मन्दिर रहेको फूलवारीमा अघिकांश स्थान भरिएको थियो । बिवाहस“गै आएका नौमति बाजा र ब्याण्ड बाजाले फूलबारी गुञ्जायमय भएको थियो । पार्किङका लागि स्थान अभावका कारण परिसर बाहिर सवारी राखिएका थिए । दैनिक जसो १÷२ पिकनिक तथा अन्य कार्यक्रहरु हुने फुलवारीमा विवाह महिना र चाडपर्वमा अत्याधिक भीड लाग्ने गर्दछ । गत मंसिर महिनामा एकै दिन २४ वटा सम्म विवाह फूलवारीबाट भएको काउन्टरमा कार्यरत कर्मचारी जानकी आचार्य बताउ“छिन् ।फूलवारीले विभिन्न दररेट शुल्कमा सेट तथा दुलही श्रृगार कक्ष्ँहरु उपलब्ध गराउने गर्दछ । एक विवाहको अधिकतम ३ हजार ५ सय सम्म शुल्क लिने गर्दछ, भने फूलवारीमै भाडाहरुको समेत व्यवस्था रहेको छ । प्रतिव्यक्ति १० रुपैया“ प्रवेश शूल्क लिने भएपनि विवाहमा एकमुष्ट रुपमा शुल्क लिने गरिन्छ । सेडको लागि न्यूनतमा ३ सय देखि अधिकतम १२ सय सम्म शूल्क बुझाउनु पर्छ । आइतबार फुलबारी मात्रै नभएर सिद्धबाबा, हिलपार्क, शंकरनगर वनवाटीका पुरै विवाहमा व्यस्त रहे । सडकमा पनि विवाहका गाडि अत्याधिक गुडेका थिए । सिद्धबाबामा विवाह गर्नेको खचाखचनै थियो । मन्दिरका पण्डितलाई समेत विवाह गराउन भ्याइ नभ्याइ भएको थियो ।हिलपार्क तथा शंकरनगर वनवाटीकामा पनि सधैभन्दा अत्याधिक भीड लागेको थियो । घरघरमा विवाह गराउने प्रचलन विस्तारै हट्दै गएपछि पार्क तथा मन्दिरहरु व्यस्त हु“दै गएका हुन् । अधिकांश मानिसहरुले घरभन्दा बाहिरनै विवाहहरु गर्दै अँएका छन् । ‘घर भन्दा त पार्क तथा होटलमै राम्रो हुन्छ ।’ नवदुलाह बनेका शुशिल कुव“रले भने ‘बाहिर गर्दा व्यवस्थापन गर्न पनि सजिलो सत्कार सम्मान पनि राम्रो ।’यता, बुटवलका होटल तथा क्याटरिङहरुलाई भ्याइनभ्याइ भएको थियो । एकैदिन झण्डै एक सय बढी विवाह भएपछि बुटवलका होटल तथा क्याटरिङहरु आइतबार व्यस्त रहे । एउटै होटलले तीन वटा विवाह सम्ममा क्याटरिङ सेवा पु¥याएका थिए । रविन क्याटरिङ, सापकोटा क्याटरिङ, कस्तुरी क्याटरिङ, लगायत बुटवलका अधिकाशं होटलले विवाहमा क्याटरिङ सेवा पु¥याएका थिए ।यस्तै पश्चिम नेपाल बस व्यवासायी समिति बुटवलबाट मात्रै आइतबार १ सय ५१ वटा बसहरु रिर्जभमा गएका थिए । बस व्यावसायी समिति नम्बर शाखाका इन्चार्ज कृष्ण भट्टराईका अनुसार बुटवल काउण्टरबाट मात्रै ती गाडि भाडामा गएका हुन । बुटवल शाखा अलवा अन्य स्थानहरुबाट पनि बसहरु भाडामा गएको उनले बताए ।
नौमति र व्याण्डबाजाको प्रतिष्पर्धा
बुटवल ,माघ २४ । विवाहस“गै नेपाली संस्कृति झल्कने नौमति बाजा र आधुनिक ड्रमसेट बीच प्रतिष्पर्धा बढ्दै गएको छ ।आइतबार फूलवारीमा भएका ३७ विवाह मध्ये झण्डै आधा विवाहमा बाजी समावेश गराइएको थियो । समावेश बाजामा नौमति बाजा केही बढी भएपनि ड्रमसेटले पनि राम्रै स्थान जमाएको थियो ।आधुननिकता भन्दै पश्चिमी सभ्यताको ड्रमसेट विवाहमा बजाउन थालिएपछि नौमति , पञ्चे बाजा समुहहरु निराश बन्दै गएका छ । बुटवल तथा आसपासका गाविसमा झण्डै २० वटा बाजा समूहहरु रहेका छन् । प्रति विवाह ८ देखि १० हजार सम्म शुल्क लिने नौमति बाजा समूहले यसको लोकप्रियता पछिल्लो समयमा घट्दै गएको बताउ“छन् । नौमति बाजा समुह रानीबगियाका लालबहादुर पुनले ड्रमसेटका कारण नौमति ओझेलमा परेको गुनासो गर्नुभयो । उहा“ले आफ्नो सस्कृति जोगाउने नौमति तथा पञ्चे बाजाहरुलार्य जोगाउन ड्रमसेटको अन्त्य हुनुपर्ने बताउनुभयो ।शहरी क्ष्ँेत्रमा प्रायजसो नेवार समुदायले व्याण्ड बाजा बजाउने गर्दछन् । नौमति र व्याण्डबाजा विवाह शुल्क करिब समान रहेको छ ।बुटवलको दीपनगरमा ३ , रानीवगियामा ६, उजोलापुरमा देवापार, जानापूर, भलुही लगायतका स्थानमा गरी झण्डै २० वटा नौमति बाजासमुह छन् भने केही व्याण्ड बाजा समुहहरु रहेका छन् ।

No comments:

Post a Comment