Tuesday, February 9, 2010

पानी परेपछि कृषक उत्साहित


हिउदे वालीलाई राहत
लक्ष्मण पोखरेल
बुटवल ,माघ २६ । लामो समयपछि वर्षा भएपछि हिउदे वाली लगाएका कृषकहरु उत्साहित भएका छन् । बर्षाले हिउ“दे वालीलाई केही राहत मिल्ने भएको छ । खेतभरी ग“हुवाली लगाएका रुपन्देहीका कृषकहरु वर्षा भएपछि झन् उत्साहित छन् । निर्माण कार्य चलिरहेका स्रोह छतिस र चार तपाहा नहरबाट पानी नजा“दा निराश भएका कृषकहरु बर्षा भएपछि खुसी भएका हुन् । रुपन्देहीको अधिकांश भाग सिञ्चित गर्ने सोह्र छतिस र चार तपाहा नहर निर्माण तथा मर्मत भइरहेका कारण गत कार्तिक महिनादेखि नहरमा पानी बन्द भएको छ । ‘कूलापानी समितिले ग“हु नलगाउन भन्दा भन्दै पनि लगाएका थियौ, धन्न आकाशबाट पानी आयो ।’ मोतिपुर –३ का कृषक मुक्तिराम गौतमले खुसी हु“दै भन्छन् — ‘अब त यति पानीले ग“हुलाई राम्रो हुन्छ ।’ ग“हु उम्रेको २१ देखि २५ दिन भित्रमा पानी लगाउनु पर्ने हुन्छ । कृषकले ढिलै भएपनि आकाशको पानीबाट केही ग“हुवाली भित्र्याउने संकेत देखिएको छ । रुपन्देहीको ३२ हजार हेक्टर जमिनमा ग“हुवाली हु“दै आएको छ । त्यसमध्ये अहिले रुपन्देहीका दुई नहरमा पानी सञ्चालन नहु“दा झण्डै ३० प्रतिशत जमिनमा ग“हुवाली कृषकले लगाएका छैनन् । रुपन्देहीमा प्रतिहेक्टर २ दशमलव २५ प्रतिशत मेट्रिकटन ग“हु उत्पादन हुने गरेको कृषि कार्यालयले तथ्याड्ढमा उल्लेख छ ।आकाशबाट बर्षा भए पनि यसले नै राम्रो उत्पादन नहुने कृषकहरु नै बताउ“छन् । ग“हुका लागि आवश्यक पर्ने समयमा पानी नभएपछि उत्पादनमाा केही ह्रास आउने उनीहरुको भनाई छ । ‘यति पानीले नै राम्रो उत्पादन हुन सक्दैन ।’ कृषक विनोद मरासिनी भन्छन् — ‘यहि पानी केही समय अघि परेको भए राम्रो हुन्थ्यो ।’ तर उनले यसले पनि हिउ“दे बालीलाई राम्रो राहत दिने बताउ“छन् । सिचाईका अभावका कारण तोरी, ग“हु लगायत अन्य तरकारी बालीहरु समेत प्रभावित बनेका छन् । समयमा सिचाई नपाउ“दा बालीहरुमा विभिन्न रोगहरु देखापर्ने कृषि विज्ञहरु बताउ“छन् । ग“हु तथा तोरीमा लाइ, डढुवा, पोके जस्ता रोगहरु देखा पर्ने कृषि कार्यालय भैरहवाका अघिकृत भीमनाथ शर्मा बताउ“छन् । उनका अनुसार ग“हुवालीलाई उम्रेको २५ दिनभित्र र बीचमा दूई पटक सम्म सिचाई दिनुपर्छ । जलवायुु परिवर्तनले पारेको असरका कारण कृषकहरु मारमा पर्दै आएका छन् । गत असोज महिनाको अन्त्यसम्म पनि पानी परेकाले गुह“वाली केही राम्रो हुन सक्ने आशा भने कृषकमा रहेको छ । माघको अन्तिम समयमा परेको पानीले ग“हु, तोरी मात्र नभएर अन्य नगदे तरकारीजन्य वालीहरुलाई समेत प्रत्यक्ष्ँ फाइदा पु¥याउने कृषकहरु बताउ“छन् ।चार तपाहा तथा सोह्र छतिस नहरबाट पुस महिनामा केही समय गु“हवालीका लागि पानी छोड्ने बताइए पनि निर्माणमा अवरोध पुग्ने भन्दै छोडिएको थिएन । निर्माणधीन चार तपाहा सिचाई योजनाबाट बुटवल नगरपालिकको केही भाग, सेमलार, खड्वाबनगाई, मोतिपुर, फर्साटिकर, अमूवा लगायतका गाविसमा सिचाई सुविधा पुग्ने गर्दछ भने सोह्र छतिस सिचाई नहरबाट बुटवल नगरपालिका सहित शंकरनगर, आनन्दवन, टिकुलीगढ, करहिया, मक्रहर, गंगोलिया लगायतका क्षेत्रमा सिचाइ हुने गर्दछ । नहर निर्माण कार्य नलिरहेकाले ती नहरबाट पानी पुग्ने स्थानमा यस बर्ष झण्डै १० हजार ग“हु उत्पादन हुने छैन । आकाशे पानीको आशमा वाली लगाएका कृषकले भने केही उत्पादन भित्र्याउने सक्ने संकेत देखिएको छ । सिचाई योजनाहरुले निर्माण कार्य अगावै ग“हुवाली नलगाउन कृषकलाई आग्रह गरेका थिए । आगामि जेठ महिनासम्म नहरहरु सुख्खानै हुने छन् ।

No comments:

Post a Comment