गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ ।
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
उनलाई पाउन 'दिलीप' आफै दिलीपबाट झर्न सक्छ ।
- दिलीपLaxman sudha
butwal

http://dacharya.blogspot.com/2009/03/blog-post_30.html
ReplyDeleteदिलिप आचार्य जीको गजल कृपया पुरा नाम र लिङ्क खुलाइदिनुहोला