Friday, March 19, 2010

ह्वील चेयरमै सार्क राष्ट्र भ्रमण


‘नेपालको अस्तित्व र शान्तिका लागि गर्दैछु’
लक्ष्मण पोखरेल
बुटवल, चैत्र ६ । ‘दुई वटा ठूला नेपाली राष्ट्रिय झण्डा, त्यसस“गै बा“धिएको सहयोग दान पत्र अड्याउने ह्वील चियर र बसिरहेका दुवै खुट्टा नभएका यात्री ४५ वर्षीय तेजबहादुर कार्की । सामान्य ह्वील चियरको साथमा हिडेका कार्कीको लक्ष्य सुन्नेहरु प्रायः सबै दंग पर्छन् । शान्ति र नेपालको पहिचानलाई अन्य मुलुकमा फैलाउनका लागि ओखलढुंगा राम्चा—४ का कार्कीले अपत्यारिलो सार्क मुलुकको पैदल यात्रा गरिरहेका छन् ।हालै भएको दुर्घटनामा परी दुई वटै खुट्टा गुमाएका कार्कीले यस्तो साहसिक कदमले देख्ने सबैलाई अचम्म पारेको छ । कसरी गर्छन् अपाड्डले सार्कको पैदल यात्रा ? सबैको मनमा उठ्ने खुल्दुली मेटाउ“दै कार्कीले भने — ‘देशको पहिचान र शान्तिको लागि यात्रा शुरु गरेको छु, मनैदेखि भावना आएपछि सकिन्छ ।’आफ्नै श्रीमती र अन्य २ जनाको सहयोगमा गत जेठ ७ गते काठमाडौंबाट ‘सार्क शान्ति ह्वील चियर पैदल यात्रा’ शुरु गरेका कार्कीले बंगलादेशको यात्रा पूरा गरिसकेका छन् । ‘हतियारले लडेर होइन, कलम र बुद्धिले देशलाई समृद्ध बनाउन सकिन्छ’ उनले भने—‘ यसैले चेतना फैलाउन नेपाली झण्डा बोकेर यात्रामा हिडेको छु ।’ सवारी चालक पेसामा रहेका कार्कीले ८ वर्ष अघि दुवै खुट्टा गुमाएका हुन् । ‘कति दिन अपाड्ड बनेर टुनामा खुम्चिएर बस्ने, आखिर देशको नागरिक भएपछि देशका लागि केही त गर्नै प¥यो नि’ उनले भने ।नेपालको राष्ट्रिय झण्डा फेर्ने हल्ला प्रति उनले असहमति जनाउ“दै आफूले यही झण्डालाई बाहिरी मुलुकमा चिनाएर आउने बताए । नेपालमा राजनीतिक चिातानीका कारण अशान्ति बढीरहेको प्रति चिन्ता उनले व्यक्त गरे । असहाय, अपाड्ड, पीडितहरुलाई केही सहयोग गर्नका लागि यात्रामा भेटेजतिलाई आग्रह गर्ने उनको आकाक्षा छ । केही वर्ष अघि ह्वील चियरमै मेची— महाकाली पैदल यात्रा गरिसकेका कार्कीले ३ वर्ष ९ महिनाभित्र सार्क भ्रमण सक्ने लक्ष्य भएको बताउ“छन् । ‘३ वर्ष ९ महिनाभित्र सक्ने लक्ष्य राखेको छु’ उनी थप्छन्—‘ कमसेकम मेरो यात्राले केही भएपनि शान्ति आउनमा सहयोग पु¥याओस् ।’ देशको राजनीति विडम्वनायुक्त भएको भन्दै उनले समयमै संविधान बनाउनका लागि सबै दललाई आग्रह समेत गरे । ‘सबैको संविधान बने मात्रै शान्ति पाइएला’ उनले आशा राख्दै भने ।हाल काठमाडौंमा बस्दै आएका कार्कीकी श्रीमती सीता कार्की, हेमान सिंह राना, सोवि लामाले उनलाई सहयोग गर्दै आएका छन् । श्रीमान्को देशप्रतिको भावनालाई बढाउनकालागि स“गै हिडेकी छु’ ह्वीलचियर घचेट्दै कार्कीले भनिन्— ‘यात्रा नसिन्जेल सम्म स“गै रहनेछु ।’ दुई छोरा, एक छोरी र आमालाई घरमा छोडी सार्क यात्रामा निस्केका कार्कीले सार्कको यात्रा समापन पछि युरोपियन देशको भ्रमणमा निस्कने बताए । विभिन्न संघसंस्थाको आर्थिक सहयोगबाट आफ्नो यात्रा गरिरहेका उनले भने —‘ सार्क पछि युरोपियन देशहरुमा समेत देशको झण्डा लिएर शान्तिको भिख माग्दै हिन्ने लक्ष्य छ, हेरौं उमेर र स्वास्थ्यले कति साथ दिन्छ । शुक्रबार बुटवलमा रहेका कार्कीले यतैबाट भारतको चेन्यै हु“दै श्रीलंका, मालदिभ्स, पाकिस्तान र सार्क बाहिरको अफगानिस्तानको यात्रा गर्ने तय गरेका छन् ।

Tuesday, March 16, 2010

बुटवलमा तत्काल ‘खानेपानी बोर्ड’ आवश्यक

नगरपालिकालाई योजना अगाडि बढाउन आग्रह
लक्ष्मण पोखरेल
बुटवल, चैत्र ३ । बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ‘खानेपानी बोर्ड’ को तत्काल आवश्यकता रहेको बताइएको छ । नगरपालिकाले त्यसको लागि योजना अगाडि सार्नुपर्ने माग गरिएको छ ।बुटवलका संघसंस्था, उपभोक्ता, राजनैतिक दलहरूले खानेपानीको सहज आपूर्ति र व्यवस्थापनका लागि खानेपानी बोर्डको आवश्यक रहेको बताएका हुन् । नगरपालिकाभित्र रहेका पानीका स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि बोर्डको आवश्यकता रहेको छ ।खानेपानी संस्थानले हाल संकलन गर्ने महसुल स्थानीय स्तरमै खानेपानी व्यवस्थापनमा खर्च गर्ने अधिकार नहुने भएकाले त्यसको व्यवस्थापन गरी स्रोत वृद्धिका लागि बोर्डको आवश्यकता रहेको बताएको छ । बुटवल नगरपालिकाका लागि एडिभिले करोडौं बजेट छुट्याएको समयमा नगरपालिकाले खानेपानी बोर्ड गठन गरी खानेपानी व्यवस्थापन योजना ल्याउनुपर्ने आवाज राजनैतिक दल, संघसंस्था तथा उपभोक्ताले उठाएका छन् ।स्थानीय सरकार र उपभोक्ताको संयोजनमा हुने बोर्डले खानेपानीको व्यवस्थापनका लागि महसुल रकम खर्च गरी काम गर्न पाउने भएकोले बोर्डको तत्काल आवश्यकता रहेको नगरपालिकाका पूर्व मेयर भोजप्रसाद श्रेष्ठले बताए । ‘संस्थान नाफामा भए पनि आम्दानी रकम खर्च गर्न नसक्दा पानीको स्रोतमा वृद्धि हुन सकेको छैन,’ उनले भने—‘त्यसका लागि खानेपानी बोर्डको आवश्यक छ ।’ खानेपानी संस्थानलाई जिम्मेवारीबाट हटाउ“दै उपभोक्ता बोर्डमार्फत् खानेपानी व्यवस्थापन गर्न सहज हुने श्रेष्ठ बताउ“छन् । भौतिक योजना तथा निर्माण मन्त्रालयले उपभोक्ताले खानेपानी बोर्ड गठन गरेर सञ्चालन गर्न सक्ने अवधारणा लिएको छ । बुटवलको खानेपानी समस्या समाधानका लागि अन्य विकल्प नभएकाले नगरपालिकाले बोर्डका लागि योजना अगाडि बढाउनुपर्ने माग आएको हो ।रूपन्देही उद्योग संघका अध्यक्ष एजाज आलम पनि खानेपानी समस्या समाधानका लागि बोर्ड गठन गरी अगाडि बढ्नुपर्ने बताउ“छन् । ‘बुटवलका लागि खानेपानी समस्या ठूलो समस्या हो, त्यसैले समयमै स्रोतको वृद्धिका लागि पहल थालिनुपर्छ,’— उनले भने । शुल्क बढी तिरेर पनि स्वच्छ पानी नपाइरहेका बुटवलबासीका लागि खानेपानी बोर्ड नै खानेपानी जुटाउने मुख्य स्रोत हुने आलम बताउ“छन् । ‘बोर्ड नाफा कमाउने उद्देश्यले गठन हुने होइन, यसले त सहज रूपमा सरकारी शुल्कमै खानेपानी वितरण गर्ने हो’, उनले थपे — ‘यसका लागि नगरपालिकाले योजना अगाडि बढाउनुपर्छ ।’ बुटवल नगरपालिकाभित्र रहेको झण्डै ११ हजार ६ सय धाराहरूबाट संस्थानमा दैनिक १ लाख बढी महसुल संकलन हुने गर्दछ । वार्षिक लाखौं महसुल संकलन भए पनि बुटवलकै खानेपानी विकासका लागि भने रकम खर्च हुन नसकेको उपभोक्ताको भनाइ छ । खानेपानी संस्थानले राजश्व केन्द्रमै पठाउने गर्दै आएको छ ।बुटवलमै उठेको राजश्व बुटवलकै खानेपानी व्यवस्थापनका लागि खर्च गरिनुपर्ने उपभोक्ताहरूको माग छ । ‘यहा“ संकलन भएको रकम यहीको व्यवस्थापनमा खर्च हुन पाएको छैन, त्यसैले राजश्वबाटै खानेपानीको सहज आपूर्ति मिलाउनुपर्छ’ उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्ष नर्बु लामाले भने —‘त्यसैको लागि स्थानीय स्तरमै उपभोक्ता परिषद् वा खानेपानी बोर्ड गठन गर्नुपर्छ ।’खानेपानी संस्थानले कर्तव्य पूरा गर्न नसकेकाले जिम्मेवारी उपभोक्तामा नै आउनुपर्ने माग उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्रीको पनि रहेको छ । ‘आम्दानीको खर्च नगरपालिकाको जिम्मामा नआएसम्म खानेपानीको विकास हुन सक्दैन’ उनले थपे,— ‘समस्या समाधानका लागि उपभोक्ता बोर्ड अनिवार्य छ ।’यसअघि पनि बुटवलमा बोर्ड गठन गर्ने भन्ने बिषयमा कुरा उठे पनि नगरपालिकाको पहल कमजोर भएपछि त्यसै सेलाएको थियो । गर्मीयामस“गै खानेपानी समस्याबाट छटपटिने बुटवलबासीका लागि खानेपानी समयमै सहज उपलब्ध गराउनका लागि संस्थानले चुनौती भोग्दै आएको छ । विभिन्न मुहानबाट पानी संकलन गरिए पनि त्यसले थेग्न सकेको छैन् । आगामी २ वर्षभित्र झुम्सा खोलाको पानी बुटवल आउने अपेक्षा गरिएको छ । नगरपालिकाको राजनैतिक संयन्त्रमा समेत रहेका श्रेष्ठले थप पानी जुटाउनका लागि उपभोक्ताबाट संकलित पानी पनि एकीकृत गर्ने योजना नगरपालिकाले अगाडि सारेको जानकारी दिए ।खानेपानी समस्या समाधान गर्नका लागि हेटौडा, भरतपुर, लेखनाथ, ब्यासलगायतका नगरपालिकाहरूले खानेपानी बोर्डमार्फत् खानेपानी वितरण गर्र्दै आएका छन् ।

Thursday, March 4, 2010

पत्रकारको हत्या र औपचरिक आन्दोलन

लक्ष्मण पोखरेल
सञ्चारकर्मीको हत्या दिनानुदिन बढ्दै गएको छ । विभिन्न समुहले हत्यालाई बढाउ“देै गएका छन् । पछिल्लो समयमा महिना दिन भित्रैमा दुई जना सञ्चारकर्मीको हत्या भएको छ भने कैयौ सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की आएको छ ।राष्ट्रको चौथो अंग मानिएका पत्रकारहरु हत्याराहरुको प्रथम सूचीमा परेका छन् । कडा सुरक्ष्ाँ व्यवस्था मानिएका स्थानमै हत्या भइरहेका छन् । यो वा त्यो बाहानामा गरिने हत्याले देशभर आशान्तिको सन्त्रास छाएको छ । हत्यास“गै आन्दोलनका अँैपचारिक कार्यक्रमहरु सडकमा शुरु भएका छन् । सधै औपचारिकता मात्रै हुने ति आन्दोलनले अझै सम्म मूर्त रुपमा पाएका छैनन् । पत्रकारहरु विरेन्द्र शाह, जगत जोशी, उमा सिंह, प्रकाश ठकुरी, जमिम शाहको हत्या हु“दा पनि औपचारिक आन्दोलनहरु भरपुर मात्रामा भए । तर ति आन्दोलनले कुनै मूर्त रुप पाएनन् । सरकारमा बसेर आ“खा छोपेकाहरुले त हत्या भएको देखेकै छैनन् । तर पत्रकारहरुको हकाहितमा लड्ने संस्थाले समेत अँन्दोलनलाई औपचारिकता मात्रै दिएको छ । लेखेको र बोलेको भरमै ज्यान गुमाउनु पर्ने स्थितिमा पत्रकारहरु पुगेका छन् । कति खेर कहा“ के हुन्छ भन्ने कसैलाई पनि थाहा छैन् । लोकतन्त्र आएपछि पनि पत्रकारहरुले निरंकुशतन्त्र भोग्न परिरहेको छ । यसरी दिनानुदिन हत्या बढ्दै जानुमा मुख्य दोषी सरकारनै हो । औपचारिक कार्यक्रममा पुगि पत्रकार अगाडि उभिएर कडा सुरक्ष्ाँ व्यवस्था अपनाएका छौ भन्ने लचार मन्त्रीहरुले अपराधलाई प्रश्रय दिइरहेका छन् । जनताको पसिना खाएर बस्ने लाचार राज्य सञ्चालकलाई त भन्नु बेकार नै छ । तर पत्रकारको हकहितमा लड्ने सञ्चारकर्मीका संस्थाहरु किन लाचार बनिरहेका छन् ? कुर्चीका लागि भोट माग्ने सञ्चारसंस्थाका प्रमुखहरुले तिनै भोटदिने पत्रकारहरुको घाटी काटिदा के हेरेर बसेका छन् ? सडकमा एक—दुइ दिन औपचारिक आन्दोलन गरेर, काला व्यानर देखाएर मात्रै आफ्नो जिम्मेवारी निभाउने पत्रकार महासंघलाई मेरो प्रश्न छ —अब कति दिन सञ्चारकर्मीको रगत बगेको हेरेर बस्ने हो ? सरकारको विरुद्धमा उत्रिएर कडा आन्दोलन गर्न नसक्ने पत्रकार महासंघलले के गरेर पत्रकारको ज्यान बचाउ“दै छ ? यस्ता अनेक प्रश्नको उत्तर दिएर अघिल्लो कदम चाल्नु वेश होला । आफ्नो ज्यानलाई जोखिममा पारेर समाचार संकलन गरी ज्यान पाल्ने पत्रकारको रगत किन चुसिदै छ यो वा त्यो वाहानामा ।जमिमको सडकमा झरेको रगत सुक्न नपाउ“देै सिंघानियाको रगत पुनः पोखिएको छ । ६÷६ जना सञ्चारकर्मीको हत्या हु“दा समेत अपराधीलाई कारबाही गर्न नसक्ने लाचार सरकारप्रति अन्तिम आवाज पत्रकारहरुले उठाउनै पर्दछ । के पत्रकारहरुले आफ्नो सुरक्षाको लागि आन्दोलनमा होमिन सक्दैनन् । पक्कै पनि आउनेछन् अँन्दोलनमा तर यसमा नेतृत्व गर्न महासंघ अगाडि बढ्नुपर्छ । पटक पटकका अँन्दोलनलाई नहेर्ने लाचार सरकारको विरुद्धमा अन्तिम छडि पत्रकारले नउठाए अपराधीलाई कारबाही कुनै हालतमा हुने छैन । त्यसैले पनि कडा आन्दोलनको जरुरी छ । लोकतन्त्र प्राप्तिका लागि पत्रकारले आन्दोलन शुरु गरेर मात्रै सफलता मिलेको हो । के पत्ररकारको पक्ष्ँमा पत्रकारले अँन्दोलन गरे सफलता मिल्दैन ? पत्रकारले जे पनि गर्न सक्छन् भन्ने आवाज दिलाउन पनि जरुरी छ । दिनानुदिन मार्ने धम्की अँएका छन्, कुनै दिन यी धम्की सच्चीकै हत्यामै पुगे भने एकै पटक सयौ पत्रकारले ज्यान गुमाउन पर्नेछ । त्यसका लागि पनि सशक्त अँन्दोलन जरुरी छ । झण्डा, व्यानरस“गै सधै सडकमा जाने आन्दोलन अबको अवस्थामा सामान्य भएको छ ।पत्रकारको अँन्दोलनलाई शसक्त बनाउनका लागि अब कलमबाटै आन्दोलन थाल्नुपर्छ । जनतालाई कति नेताका चाप्लुसी कुरा सुनाउने । अबको आन्दोलन अपराधीलाई कारबाही नभएसम्म नेताका भाषण बाहिष्कारबाट शुरु गर्नु पर्छ । बल्ल यसले एउटा सार्थकता ल्याउन सक्छ । के राजनीतिक नेताका भाषण नलेखे तपाई हाम्रा मिडियामा शुन्यता छाउछ ? पक्केै पनि छाउ“दैन । अब कलमले मात्रै आन्दोलनको सार्थक रुप दिन सक्छ । त्यसकारण अब पत्रकार महासंघले केन्द्र्रैबाट यस्तै प्रकारका अन्दोलन शुरु गर्नु पर्दछ ।पत्रकारहरुका विभिन्न राजनीतिक संघ संगठनहरु पनि प्रशस्तै छन् तर खोइ पत्रकारको हितमा कडा आवाज उठाउन सकेको । सञ्चारकर्मीको हत्या हु“दा आफ्ना मर्म बुझ्न पत्रकारहरुले जरुरी छ ।राजनीतिक घेराबन्दीबाट बाहिर उठेर आप्mनो हकहितको संरक्षण गर्न समयमै लागि नपरे कुनै दिन आफ्नै हालतपनि त्यस्तै हुन सक्छ । राजनीतिक दलका नेताको भाषण कुरिरहनुपर्ने पत्रकारको कुनै दायित्व होइन । आफ्नो अधिकारको लागि दललाई सजक गराउनुपनि पर्छ तर उनैको पछाडि लाग्नु अधिकारलाई संकुचित गर्नु हो । राजनीतिक दलबाट अपराधीलाई कारबाही होला भनेर सोच्नु ‘आकाशको फल आ“खा तरी मर’ भने जस्तै हुन्छ । आफ्नो अधिकारका लागि आफै उठौ र बढ्दै गइरहेको हत्यालाई प्रश्रय होइन ,बन्द गरौ । शाह, सिंघानिया जस्ता सञ्चार उद्यमीको हत्या भइसक्यो अब पनि चुप लाग्नु पत्रकारको जीवन माथि खेलवाड गरेको प्रमाणित हुन्छ । त्यसैले पत्रकार महासंघले औपचारिक आन्दोलन होइन निर्णायक आन्दोलन शुरु गर्न अनिवार्य छ । कतिन्जेल कारबाहीको आशमा बस्न सकिन्छ अब आफै आजैबाट कारबाही शुरु गरौ । ६÷६ जना पत्रकारले त ज्यान गुमाइसकेका छन् । अब लेखेकै भरमा कुनै पत्रकारले ज्यान गुमाउन नपरोस् र जनताको पनि सु—सुचित हुन पाउने अधिकार सुनिश्चित होस् । प्रेसको रक्ष्ाँ गर्न राज्य उदासिनता बनेर लाचारीपन देखाएकै छ तर पत्रकारको साझा संगठनले त्यस्तो लाचारीपन अवश्य देखाउने छैन । पूर्ण विश्वास छ ।