Thursday, May 27, 2010

गजल

एक्लै बा“च्दा पिडा हुन्छ,साथ प्यारो लाग्छ
दिनभन्दा जुनेली त्यो,रात प्यारो लाग्छ

प्यारो लाग्थ्यो मायाप्रेम,तर कल्पनामै
नपाएसी गर्नु के नै,घात प्यारो लाग्छ

बोलाउंछन् आ“खाहरु,जहा“ देखेपनि
नसुनेझैं गर्ने तिम्रो,मात प्यारो लाग्छ

सम्झनामा हराउंदा बर्षिन्छन् आ “शुहरु
साथदिदैं रोएजस्तो,बर्षात्प्यारो लाग्छ

टाढाहु“दा सम्बन्ध यो अझ गाढा हुने
मोबाइलमै गर्ने मिठा,बात प्यारो लाग्छ

म यहीँ छु


नवराज सुब्बा
मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु । यही कोक्रामा आजभन्दा चारवर्षअघि मलाई मेरी आमाले यसरी नै हल्लाउनु भएको थियो । आमा आज यो दुनियाँमा हुनुहुन्न । राम्ररी रुन पनि नसक्ने शिशु अर्थात् मेरी सहोदर बहिनी ुकरुणाुलाई जन्म दिएर उहाँ भगवानकहाँ जानु भयो अरे । जहाँ जाँदा पनि मलाई सँगै लग्ने आमाले मलाई किन त्यहाँ लानु भएन रु यो शिशुलाई दूध चुसाउने बेलामा पनि छाडेर त्यहाँ किन जानु भयो रु यी सब् कुरा यो बालमस्तिष्कले बुझ्न सकेन ।
केही महिना अघि मेरी आमा मावल जाने बेलाका दुश्यहरू म सम्झन्छु । एक दिन विहानै मेरी आमा खाम्लालुङ पारी सेरजङ मावलबाट लिन आएका मानिस संगै एउटा पोको बोकेर जानुभयो । मलाई हातमा केही पैसा र बिस्कुट थमाएर जानुभो । ूम छिटै आउँछु राम्ररी बस् है सबल १ू भन्दै उहाँ माइती लाग्नु भयो । मैले कति खुशी मान्दै विस्कुट खाएँ र ती पैसा राख्न बजुलाई दिएँ । आमा मावल जाँदा मैले घरको बार्दलीबाट आमाले पिपोरीडाँडा काटुन्जेल सम्म हेरेको थिए । त्यहाँदेखि ओझेल परेकी आमा अब छिटै नै त्यही बाटो भएर आउनु हुनेछ भन्दै मैले हरेक दिनजसो त्यही बाटो कुरी रहें ।
स्कूल जाने बेलामा हरेक दिन मैले आमालाई खोजें । मलाई सर्टको टाँक राम्ररी लगाउन आएन । टाँक तलमाथि भएछ, सर्ट पनि नमिलाई लगाएँछु । पैण्टको बेल्ट पनि भेटिन । स्कूलमा मेरो पैण्ट बारम्बार तल झरिरहन्थ्यो र हातले तानिरहें । मलाई स्कूलमा साथीभाईले सारै जिस्काए अनि सरले, मिसले पटक पटक हकार्नु भयो । दिउँसो स्कूलमा मलाई भोक र न्र्रिा पनि लाग्थ्यो । आमाले दिने गरेका खाजा आमा गएदेखि मैले खान पाएको पनि छैन । पछि आमा आएपछि यी सबै कुरा बेलिविस्तार सुनाउँला भनेर सोचि राखेको थिए मनमा । मलाई गालि गर्ने बिन्द्रेलाई आमा आएपछि भनेर मलाई पिटेको बद्ला लिउँला, कुटाउँला भन्ने पनि लागेको थियो ।
ूतँ अब आमा बिनाको टुहुरो भइस् १ू मेरो मीठा आशा र भरोसालाई त्यो विन्द्रेले हिजो एक्कासी स्कूलको खेलमैदानमा सबैको अघि भत्काइ दियो । टुहुरो भनेको के होला रु कस्तो होला रु त्यसैबेलादेखि मलाई कता कता भित्रैदेखि डर मात्र लागेर आउँछ । आजकल बजुले पनि ुकठैवरीु भनेर बेलाबेला सुम्सुम्याउने गर्नु हुन्छ । म केही बुझिरहेको छैन । तैपनि आमा आउने बाटो रात नपरुन्जेल सम्म हेरिरहेछु ।
अस्ति बजुले छिमेकीसंग कुरा गरेको सुनें ूके गर्नु बुहारी सुत्केरी अवस्थामा रक्तश्राव भएर माइतीघरमा बितिछन् । काठमाडौंमा खबर पुगेपछि छोरा ससुराली पुगेर तल खोरुङ्गा खोलामा बुहारीको सदगत् गरी नानी चाहिँ यी लिएर आयो ।ू त्यसबेलादेखि नै मलाई कता कता चिसो लागेको थियो । मेरो बुबा काठमाडौमा हुनु हुन्छ, दशैंतिहारमा मात्र आउनु हुन्छ लुगाफाटा लिएर । तर अस्ति उहाँ अचानक सानो नानी च्यापेर आउनु भो । मैले ूआमा खोई रुू भनेर सोधें । उहाँ केही बोल्नु भएन । मलाई हेर्दै आशु पुछेको मात्र देखें । केही दिन घरमा बसेर बुबा पुनः काठमाडौं फर्कनु भयो । जानेबेलामा ूराम्ररी पढ्नुू मात्र भन्नुभयो । तर किन किन मलाई पढ्न मनै लाग्दैन केवल आमाको संझना मात्र आइरहन्छ ।
हिजोआज घरमा आउने प्राय सबैले मलाई ुकठैबरीु भन्थे तर एकजना मुख अलि छिटो चलाउने तल्लो घरकी काकीले ूसबल १ अब तँ नै यो नानीको आमा भइस् राम्ररी नानीलाई हेनु नि १ू भनेर गइन् । त्यसबेला मलाइ सारै ननिको लाग्यो । भित्र ओछ्यानमा गएर घोप्टो परेर धेरैबेर रोएँ । साँझपख बजुलाई सोधें ूबजु १ अब मेरी आमा मावलबाट साँच्चै आउनु हुन्न रुू बजुले हल्का रूपमा मलार््इ जवाफ दिनु भयो ( ूआउदैन, तेरी आमालाई तैले सारै दुख दिइस् अरे, त्यसैले भगवानको घरमा गयो तेरो आमाू । मैले तत्कालै पुनः गम्भीरतापूर्वक सोधें ( ूबजु १ भगवानको घर कता छ रुू उत्तरमा ूमाथि आकाशमा तारामा भगवानको घर छ, पछि जाउँलाू भनेर मलाई फकाउनु भयो बजुले । त्यसपछि म रातमा पनि उठेर आकासका तारा हेर्छु कतै आमालाइ देख्छु कि भन्दै । र मनमनै विन्ति गर्छु ( ूआमा १ आउनोस् अब म तपाइलाई कहिल्यै दुःख दिनेछैन, रुने छैन आमा ।।।।ू भन्दाभन्दै थाकेर निदाउँछु । हिजो सपनामा त आमासँग बसेर म कतिबेर रोएँ, आमाले मलाइ काखमा राखेर फकाउनु भयो कपाल मुसार्नु भयो । म सपनामै सधै बाँच्न पाए पनि हुन्थ्यो नि, त्यसबेला म नब्यूँझेको भए पनिहुन्थ्यो । खै त, विपनामा त आमा हुनुहुन्न रु यहाँ म एक्लै छु । संसारमा अब म एक्लो छु । अब मलाई कसले देख्छ कसले हेर्छ रु।।।
आमाको यो रिक्तताले रिङटा लागेर म पाइला पाइलामा ढल्न खोज्छु । कतै हिड्न पनि मन लाग्दैन, केवल टोलाएर हेरिरहेछु यो कोक्रेलाइ र हल्लाइरहेछु बेलाबेला । सिकुवामा खै कति बेला थाहै नपाइ पोखिएछ यति बिघ्न अँधेरो । अँधेरोले सायद म छेवैको कोक्राको नानी पनि राम्ररी नदेख्ने भएँ, मेरा आँखा तिर्मिराए आँशुले या अँधेरोले अर्थात् दुवैले हो कि १
कोक्राभित्रबाट छट्पटाउदै करुणा च्याँ च्याँ गरेर रुन्छे । म झस्कन्छु । म पो रोएँ कि करुणा रोइ वा एकसाथ रोयौ दुवै, एकपटक म आफै अल्मलिन्छु र चिमोट्छु आफैलाई । रिमरिम उज्यालोमा आँगनको छेऊबाट हजुरआमा हतारिएर कराउँदै आएको देख्छु (ूकोही छैन कि क्या हो यहाँ नानी हल्लाउने हँ रुू
भुइँमा टुक्रुक्क बसेको छु । यो अधेरोमा मलाई बजुले पनि साँच्चै देख्नु भएन कि १ बजुले अधेँरोमा मलाई नदेखेर कतै अन्जानमा कुल्चनु पो हुन्छ कि भनेर डराउँछु । र कोक्राको डोरीलाई हातले फेरि एकपटक जोडले तान्दै हत्तपत्त भन्छु ूबजु १ म यहीँ छु १ू